काठमाडौँ –
वैशाखमा हुने स्थानीय तहको चुनावमा उम्मेदवार बन्न चाहने वहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधानप्रति नेकपा
एमालेले केहीदिन अघि गम्भीर आपत्ती प्रकट गरेको थियो । निर्वाचन आयोगले प्रकाशित गरेको आचारसंहितामा उल्लेख सो प्रावधान विभेदकारी भएको भन्दै एमालेले आपत्ती जनाएको थियो ।
यसैबीच, चुनावको मुखैमा आएर कार्यबाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँण पनि दह्रोसँग एमालेकै लाइनमा उभिएका
छन् । उनले हाल जनप्रतिनिधिको रुपमा काम गरिरहेका हरुले निर्वाचनमा भाग लिन राजीनामा दिनुपर्ने विषय संशोधन गर्न निर्वाचन आयोगलाई सरकारले आग्रह गरेको बताएका छन् ।
पूर्वी पहाडी जिल्लाहरुको विभिन्न कार्यक्रममा निस्किएका गृहमन्त्री खाँणले तेह्रथुमको कार्यक्रममा स्थानीय तहको निर्वाचनमा
हाल काम गरिरहेका जनप्रतिनिधिले उम्मेदवार बन्न राजीनामा गर्नुपर्ने निर्वाचन आयोगको निर्णय पुनर्विचार गर्न आग्रह गरेको
बताए । सरकारले निर्वाचन आयोगलाई औपचारिक रुपमा पत्र नै लेखेर निर्णय पुनर्विचार गर्न आग्रह गरेको उनले बताए ।
गृहमन्त्री खाँणले शनिवार तेह्रथुमको म्याङलुङमा जिल्ला प्रशासन कार्यालयको नवनिर्मित उद्घाटन गरे । साथै गृहमन्त्री खाँणले आज नै धनकुटा सदरमुकाम धनकुटामा स्थानीय कार्यकर्ताले आयोजना गरेको कांग्रेसको घरदैलो कार्यक्रममा सम्बोधन गरेका थिए ।
रुसी सेना धमाधम ब्याक, विमानस्थल पनि छाडेपछि पुटिन तनावमा !
युक्रनी सैनिक धमाधम ब्याक हुन थालेको खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुबाट सार्वजनिक हुन थालेका छन् । युक्रेनले
राजधानी कीभको सम्पूर्ण क्षेत्रमा आफ्नो पूर्ण नियन्त्रण आएको दावी गरेको छ । रुसी सेना राजधानी कीभको महत्वपूर्ण नाकाहरुबाट पछि हटेको युक्रेनको भनाई छ ।
कीभ नजिकको एउटा विमानस्थल पनि रुसी सेनाले छाडेका छन् । गत २४ फेब्रअरी देखि सुरु भएको युद्धका बीच राजधानी
कीभ वरपरको सम्पुर्ण क्षेत्र फिर्ता भइसकेको युक्रेनले जनाएको हो । युक्रेनको दाबीले रुसमा तरंग पैदा गरेको छ ।
यी दुई राष्ट्रबीचको युद्धका कारण हालसम्म ४० लाख युक्रेनीहरु शरणार्थीको रुपमा पलायन भइसकेका छन् । उता, युक्रेनको बुचा शहरमा सर्वसाधारणका थप बेबारिसे शवहरु फेला परेका छन् । समाचार संकलनका क्रममा पुगेका ए.एफ.पी.का एक जना पत्रकारका अनुसार कम्तिमा २० वटा शव फुटपाथमा छरिएको अवस्थामा देखिएको हो ।
यसैबीच, बुचा शहरका मेयर अनातोली फेडोरुकले रुसी सेनाको आक्रमणमा उनीहरुको मृत्यु भएका पुष्टि गर्नुभएको छ । सोही शहरमा पछिल्लो समय २ सय ८० वटा शवको सामुहिक अन्त्यष्टि गरिएको थियो । -एजेन्सी source: praharnews
प्रकाशित मिति २०७८ चैत २० गते आईतबार ०८:०५