सुटुक्क नेपाल आएको अमेरिकी सेना नगरकोट पुगेर उत्रियो एक्सनमा

सुटुक्क नेपाल आएको अमेरिकी सेना नगरकोट पुगेर उत्रियो एक्सनमा

छाँयापाटी

@छाँयापाटी

२०७८ चैत २१ गते सोमबार ०९:०२

काठमाडौं सुटुक्क नेपाल आएको अमेरिकी सेना एक्सनमा उत्रिएको छ । विशेष मिसनसहित नेपाल आएको अमेरिकी सेनाले आफ्नो काम थालेको छ । अमेरिकी सेनाले नेपाली सेनासँग संयुक्त शैन्य अभ्यास सुरु गरेको छ । उक्त शैन्य अभ्यासको नाम ‘ब्यालेन्स...

काठमाडौं

सुटुक्क नेपाल आएको अमेरिकी सेना एक्सनमा उत्रिएको छ । विशेष मिसनसहित नेपाल आएको अमेरिकी सेनाले आफ्नो काम थालेको छ । अमेरिकी सेनाले नेपाली सेनासँग संयुक्त शैन्य अभ्यास सुरु गरेको छ । उक्त शैन्य अभ्यासको नाम ‘ब्यालेन्स नेल’ दिइएको छ । यो आइतबारदेखि सुरू हुँदैछ हो।

सेनाको रेञ्जर फौज र अमेरिकी सेनाको स्पेशल फौजबीच नियमित प्रक्रिया र अभ्यासका रूपमा ‘ब्यालेन्स नेल’ सुरु भएको हो । अमेरिकी सेना र नेपाली सेनाबीच यस्तो संयुक्त अभ्यास सन् २००३ अगस्तबाट हुँदै आएको नेपाली सेनाका प्रवक्ता नारायण सिल्वालले बताए। हालसम्म व्यालेन्स नेलका ३९ वटा अभ्यास पूरा भइसकेका छन्। उनका अनुसार रेञ्जर फौजका करिब चार हजार सकल दर्जालाई यस्तो तालिम प्राप्त भइसकेको छ।

प्रवक्ता सिल्वालले भने, ’यसपटकको ब्यालेन्स नेल चैत २० देखि वैशाख १३ गतेसम्म रेञ्जर गणको सिंह महावीर योजना तथा समन्वय महाशाखा छाउनी र रेञ्जर तालिम केन्द्र नगरकोटामा सञ्चालन भइरहेको छ ।’

संयुक्त राज्य अमेरिकाका २० सैनिक र नेपाली सेनाका ९० सैनिक तालिममा सहभागी हुँदैछन्। तालिममा द्वन्द्वका समयमा मानव अधिकार एवं कानुनको परिपालना, जंगल वारफेयर र सैनिक ट्याक्टिसलगायत अरू विषयमा समेत व्यवहारिक अभ्यास र ज्ञान दिइनेछ।

यस्ता तालिमबाट नेपाली सेनाको क्षमता अभिवृद्धि गर्न योगदान पुग्नेछ विश्वस लिइएको नेपाली सेनाले जनाएको छ । परराष्ट्र मन्त्रालय र रक्षा मन्त्रालयको समन्वय र स्वीकृतमा सञ्चालन भएको उक्त तालिम फिल्ड, टेबल र कक्षाकोठामा सञ्चालन हुनेछ।

अमेरिकाले विश्वका विभिन्न देशसँग यस किसिमका संयुक्त अभ्यास गर्दै आएको छ। दुई साताअघि अमेरिकी सेना र नेपाली सेनाको मेडिकल जनशक्तिबीच समेत संयुक्त तालिम सञ्चालन भएको थियो।Source-galaxykhabar

प्रकाशित मिति २०७८ चैत २१ गते सोमबार ०९:०२
प्रतिक्रियाहरु