काठमाडौं ।
पाँच दलीय गठबन्धनलाई एमाले एक्लैले हराएको खबर छ । गठबन्धन चर्चा देशभर भइरहेका बेला एमाले पूर्वी नेपालको पाँचथर उद्योग वाणिज्य संघ को अधिवेशनमा सत्तारुढ दललाई झड्का दिदै एक्लो बृहस्पती बनेको हो ।
अध्यक्ष पदमा सत्तारुढ गठबन्धनका नरेन्द्र अधिकारी पराजित भएका छन् ।१२ औँ अधिवेशनबाट अध्यक्षमा नवराज घिमिरे विजयी भएका छन् । घिमिरे ७९ मतले विजयी भए । घिमिरेले मत६५२ प्राप्त गरे। भने अधिकारीले मत ५७३प्राप्त गरेका छन् ।
अधिकारी सत्ता गठबन्धनबाट काग्रेसका उम्मेदवार हुन् । काग्रेस, नेकपा माओवादी केन्द्र, एकिकृत समाजवादी र संघिय समाजवादी बिच गठबन्धन थियो ।घिमिरे नेकपा एमाले का हुन् । एमाले र राप्रपाको गठबन्धन थियो ।
स्थापनादेखि पहिलो पल्ट पाँचथर उद्योग वाणिज्य संघको नेतृत्व कांग्रेसले गुमाएको हो । पदाधिकारीमा सत्ता गठबन्धनका बहुमत उम्मेदवार विजयी भएका छन्।
माधवकुमार नेपालसहित १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने मागसहित नेकपा एमालेले दिएको रिटमा आइतबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।
माधव नेपालसहितका सांसदको पक्षबाट उक्त रिटमाथिको सुनुवाइ रोक्न दिइएको निवेदन न्यायाधीशहरु अनिलकुमार सिन्हा र नहकुल सुवेदीले अस्वीकार गरेको छ । माधवकुमार नेपालसहितका सांसदको तर्फबाट आइतबारको सुनुवाइ रोक्न माग गर्दै अमर राउतले इजलाससमक्ष निवेदन दिएका थिए ।
तर सो निवेदनको आधारमा इजलासले सुनुवाइ रोक्न अस्वीकार गरेको एक कानुन व्यवसायीले जानकारी दिए । न्यायायाधीश सिन्हा र नहकुल सुवेदीको इजलासमा उक्त रिट चौथो नम्बरमा परेको छ ।
यसअघि २९ फागुनमा यस मुद्दा आइतबार पूर्ण सुनुवाइमा पेश गर्ने आदेश भएको थियो । नेकपा एमालेले नेकपा एकीकृत समाजवादी पार्टी गठन नहुँदै माधवकुमार नेपालसहित १४ सांसदलाई पार्टीबाट निष्कासन गरेको थियो ।
निष्कासनमा परेका सांसदको सनाखतमा अर्को पार्टी गठन गरिनु र उनीहरुको सांसद पद पनि कायम रहनु गैरकानुनीन भन्दै अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग र संघीय संसद सचिवालयलाई विपक्षी बनाई रिट दिएका थिए ।SOURCE-GALAXYKHABAR
प्रकाशित मिति २०७८ चैत २१ गते सोमबार १२:३२