नेपाली हिरोइन् जति राम्री दुनियाँमै छैन : ओली

नेपाली हिरोइन् जति राम्री दुनियाँमै छैन : ओली

छाँयापाटी

@छाँयापाटी

२०७८ चैत २१ गते सोमबार ०९:२१

काठमाडौं । प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कलाकारिता क्षेत्रको खुलेरै तारिफ गरेका छन् । 'सोमबार एमालेनिकट राष्ट्रिय युवा संघ, नेपालद्वारा चलचित्र विकास बोर्डको हलमा आयोजित कार्यक्रममा नेपालको जस्तो उत्कृष्ट...

काठमाडौं ।

प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कलाकारिता क्षेत्रको खुलेरै तारिफ गरेका छन् । ‘सोमबार एमालेनिकट राष्ट्रिय युवा संघ, नेपालद्वारा चलचित्र विकास बोर्डको हलमा आयोजित कार्यक्रममा नेपालको जस्तो उत्कृष्ट फिल्म र नेपालकाे जस्ताे राम्री हिरोइन् दुनियाँमै नभएको भन्दै उनले प्रशंसा गरे ‘।

‘नेपाली हिरोइन जति राम्री हिरोइन दुनियाँमा कहीँ हुन्छ ?’ नेपाली हिरोइन जति राम्री हिरोइन दुनियाँमा हुन त सम्वभ नै छैन । ‘नेपाली हिरोजस्तो हेण्डसम दुनियाँ कहीँ खोजेर भेटिएला ? भेटिँदैन ।

यसअघि अध्यक्ष ओलीले नेपाल कला र संगीतको पवित्र भूमि रहेको पनि बताए । ‘यो ठाउँ यो ठाउँ कलाको ठाउँ हो ‘। संगीतको ठाउँ हो । नेपालले कलाको क्षेत्रमा अत्यन्तै सम्भावन बोकेको छ । हाम्राजस्तो उत्कृष्ट फिल्म कसैले बनाउनै सक्दैन,’ ओलीले भने ।

अध्यक्ष ओली यत्तिमा मात्र अडिएनन् महाकवि लक्ष्मीप्रसाद देवकोटाको पनि प्रशंसा गरे ।’ देवकोटाजस्तो कवि संसारमा नभएको उनको भनाइ थियो ।

अध्यक्ष ओलीले देवकोटाका कविताले नोबल पुरस्कार पाउनुपर्ने तर्कसमेत प्रस्तुत गरे’ । ‘लक्ष्मीप्रसादको जस्तो बगेको कविता दुनियाँमा कसैको छैन ।

उनका कविताले किन पाउँदैनन् नोबल पुरस्कार ? हामीले एप्लाई नगरेको हुन सक्छ’ । महत्व नबुझेको पनि हुन सक्छ । आफैलाई नपत्याएको पनि हुन सक्छ,’ अध्यक्ष ओलीले भने ।source-news24nepal

प्रकाशित मिति २०७८ चैत २१ गते सोमबार ०९:२१
प्रतिक्रियाहरु