काठमाडौँ
प्रधानमन्त्री शेरबहादुर देउवाले अनुदान वा सस्तो ब्याजदरमा ऋण लिन सक्ने हो भने मात्र रेलमार्ग बनाउन सकिने बताएका छन् । आज काठमाडौंको
चोभारस्थित सुक्खा बन्दरगाह उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले रेलमार्गमा लगानी गर्ने हो भने नेपालीहरू झन् समस्यामा पर्न सक्ने बताए । उनले व्यापार घाटा बढ्दो रहेकोले अहिलेकै अवस्थामा रेलमार्ग बनाउन गाह्रो हुने बताएका हुन् ।
‘यहाँ कुरा आयो, रेल त आवश्यकता छ। तर धेरै खर्च लाग्न सक्छ,’ प्रधानमन्त्री देउवाले भने, ‘कुनै दातृ राष्ट्रको अनुदान वा सस्तो ब्याजदरमा ऋण लिन सक्ने हो भने मात्र रेलवे बनाउन सकिन्छ। फाइदाजनक पनि हुन्छ ।
नेपालमा व्यापारघाटा बढेकोले रेलमार्ग बनाउनेजस्ता काम अहिले गर्न नसकिने देउवाको भनाइ थियो ।‘रेलमार्ग बनाएर थप समस्यामा पर्न हुन्न, व्यापार घाटा बढेको छ, उनले भने ।
नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेसँग एक्ला एक्लै चुनाव लड्न नसक्ने भएपछि अन्य दलले गठबन्धन बनाएको बताएका छन् ।
मधेसको वीरगञ्जमा आयोजित कार्यक्रममा ओलीले एमालेसँग चुनाव लड्न नसक्ने भएपछि सत्तारुढ दल गठबन्धन बनाएर तालमेल गर्न बाध्य भएको बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने– ‘एक्लै एमालेसँग लड्न सकिन्न, अस्तिदेखि भन्याभन्यै छ । आज त झनै यति साथी एमाले प्रवेश गरिसक्नुभएको छ ।
अहिले के भयो होला उनीहरूलाई ? हजारौँ मानिस एमाले प्रवेश गर्नुभन्दा अगाडि नै भन्दै थिए एमालेसँगै एक्लै लड्न सकिँदैन । गठबन्धन कायम राखेर, तालमेलबाट लड्नुपर्छ भने ।’
अध्यक्ष ओलीले केही व्यक्तिले आफूलाई मधेस विरोधीको रुपमा हल्ला चलाएको आरोप लगाएका छन् । उनले भने– ‘म मधेशको मान्छे । ६० वर्षदेखि मत मधेशको बासिन्दा हो । ६० वर्षदेखि मधेशमा बसेको छु ।
प्रकाशित मिति २०७८ चैत २२ गते मङ्गलबार ०६:५१