काठमाडौं ।
हवाई जहाजमा यात्रा गर्दा सलाइ–लाइटर जस्ता आगो बाल्ने सामान यात्रुले बोक्न पाइँदैन। निषेधित वस्तुको सूचीमा सुरुमै पर्ने वस्तु कसैले नबोकोस् भनेरै चेकिङ कडा हुन्छ।
तर उडिरहेको जहाजभित्र चुरोट सल्काएको आरोपमा एक यात्रु...
काठमाडौं ।
हवाई जहाजमा यात्रा गर्दा सलाइ–लाइटर जस्ता आगो बाल्ने सामान यात्रुले बोक्न पाइँदैन। निषेधित वस्तुको सूचीमा सुरुमै पर्ने वस्तु कसैले नबोकोस् भनेरै चेकिङ कडा हुन्छ।
तर उडिरहेको जहाजभित्र चुरोट सल्काएको आरोपमा एक यात्रु पक्राउ परेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जाँच प्रणालीमाथि प्रश्न उठेको छ।
काठमाडौंबाट शुक्रबार साँझ भद्रपुर गएको एउटा जहाजमा उडानकै क्रममा यात्रुले भित्रै चुरोट सल्काएको, उनको लाइटर खसेर आफ्नै पाइन्टमा आगोको झिल्कोले भेटेको खुलेको छ। विमान अवतरण लगत्तै ती यात्रुलाई पक्राउ गरेर अनुसन्धान भइरहेको सुरक्षा अधिकारीहरुले बताएका छन्।
भद्रपुर विमानस्थलले घटनाको पुष्टि गरेको छ। विमानस्थल प्रमुख मुराहरि पौडेलका अनुसार बुद्ध एयरको नाइन एन–एएनएफ कलसाइन ९५७ उडानमा सवार यात्रुलाई पक्राउ गरिएको हो।
एकजना यात्रुले जहाजभित्रै धुम्रपान गर्ने क्रममा आफ्नो पेन्ट पनि केही जलेको खुल्यो। उहाँको मानसिक अवस्था ठिक नभएको शंका छ,’ उनले भने, ’थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको छ।’
उनीसँगै सवार दुईजना साथीले त्रिभुवन विमानस्थलको स्मोकिङ जोनमा प्रयोग गरिएको लाइटर भूलवस जहाजमा लिएर पुगेको सुरक्षा अधिकारीलाई बताएका छन्। हवाई यातायात सेवा लिने क्रममा सलाइ, लाइटर लगायतका वस्तु बोक्न पाइदैन।Source-galaxykhabar
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७