एकीकृत समाजवादीका केन्द्रीय सदस्यसहित २७५ जनाद्वारा पार्टी परित्यागको घोषणा

एकीकृत समाजवादीका केन्द्रीय सदस्यसहित २७५ जनाद्वारा पार्टी परित्यागको घोषणा

छाँयापाटी

@छाँयापाटी

२०७९ बैशाख ४ गते आईतबार ०२:१२

झापा बैसाख नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य लोकबन्धू कन्दङ्वाले पार्टी परित्या गरेका छन् । शनिवार प्रेस वक्तव्यमा प्रकाशन गर्दै कन्दङ्वाले आजका मितिसम्म शैदान्तिक र वैचारिक दृष्टिकोणले ,...

झापा बैसाख

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य लोकबन्धू कन्दङ्वाले पार्टी परित्या गरेका छन् । शनिवार प्रेस वक्तव्यमा प्रकाशन गर्दै कन्दङ्वाले

आजका मितिसम्म शैदान्तिक र वैचारिक दृष्टिकोणले , पद्दति गत र प्रवृतिगत दृष्टिकोणले साथै व्यवहारिक र आर्थिक दृष्टिकोणले पनि पार्टी फुटको औचित्य प्रमाणित गर्न नसकेको भन्दै पार्टी परित्यागको घोषणा गरेका हुन् ।

वक्तव्यमा पछिल्लो समय एमसीसी जस्तो राष्ट्रिघाती अमेरिकी परियोजनालाई संसदबाट पास गर्न सहयोग पु¥याई पार्टीलाई राष्ट्रघाती र नवप्रतिगामी कित्तामा राखेको हुनाले एक राष्ट्रवादी नागरिकको हैसियतले यो पार्टीमा वसिरहन नैतिक रुपले नमिल्ने ठहर गरी स्वतन्त्र वामपन्थी नागरिकको रुपमा जीवन यापन गर्ने निर्णय गरेको उल्लेख छ ।

उनीसंगै केन्द्रीय सल्लाहकार समितिका गोपिचन्द्र गिरी, जिल्ला कमिटी सदस्य प्रकाश पुरी, महेन्द्र प्रसाद खरेल र गीता कडेलले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् । उनीहरुसंगै पार्टीका २७५ जना समर्थकले पार्टी परित्या गरेको प्रेस वक्तव्यमा जनाइएको छ ।

राप्रपा नेपालका चितवन जिल्ला अध्यक्ष विष्णु खरालको घरमा तोडफोड भएको छ । गए राति भरतपुर महानगरपालिका वडा नम्बर ५ स्थित अध्यक्ष खरालको घरमा तोडफोड भएको राप्रपा नेपालले जनाएको छ ।

घर कसले तोडफोड गरेको हो भनेर अझैसम्म पत्ता लागेको छैन । अध्यक्ष खरालको घरमा आक्रमण गर्नेलाई स्थानीय प्रशासनले पहिचान गरी कानूनअनुसार कारबाहीको दायरामा ल्याउन पनि उनले माग गरेका छन् ।

उनले राजनीतिक प्रतिशोधका कारण आक्रमण भएको भए त्यो अक्षम्य हुने प्रतिक्रिया दिएका छन् । राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले चितवन अध्यक्ष खरालको घरमा आक्रमण भएको बताए । उनले आक्रमणको घोर भर्त्सना र निन्दा गरेका छन् । तोडफोडबाट घरका सीसा फुटेका छन् ।Source-galaxykhabar

प्रकाशित मिति २०७९ बैशाख ४ गते आईतबार ०२:१२
प्रतिक्रियाहरु