हिजो मलाई गाली गर्नेहरू पश्चाताप गरेर फर्कदैछन्ः प्रचण्ड

हिजो मलाई गाली गर्नेहरू पश्चाताप गरेर फर्कदैछन्ः प्रचण्ड

छाँयापाटी

@छाँयापाटी

२०७९ बैशाख ४ गते आईतबार ०२:२७

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी विभाजन भएरै बिग्रिएको बताउँदै माओवादी एक हुने भयो भने अरू कसैले जित्न नसक्ने बताएका हुन् । नवलपुरमा शहीद परिवारसँग कुराकानी गर्दै प्रचण्डले माओवादीहरू...

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी विभाजन भएरै बिग्रिएको बताउँदै माओवादी एक हुने भयो भने अरू कसैले जित्न नसक्ने बताएका हुन् ।

नवलपुरमा शहीद परिवारसँग कुराकानी गर्दै प्रचण्डले माओवादीहरू मिल्नुपर्ने मत देशभरबाट आउन थालेको जिकिर गरेका हुन् । उनले भने, वैशाख १ गते मात्र सुदूरपश्चिमका सबैजसो फेरि पार्टीमा एकताबद्ध हुनुभएका छन् । विप्लव, बाबुरामजीको पार्टीबाट सयौँ जोडिनुभएको छ ।

हिजो प्रचण्डलाई गाली गरेर हिँड्नेहरू गल्ती गरिएछ भन्दै पश्चात्ताप गरेर फर्किनुभएको छ । उनले विचारलाई राम्रो बनाउन महाधिवेशनको आयोजना गरिएको बताउँदै अब एकताको प्रक्रियालाई पनि तीव्र गतिमा अघि बढाउने जिकिर गरे ।

उनले भने, माओवादी एक ठाउँमा केन्द्रित हुन्छन् । आन्दोलनलाई एकजुट गरेर देशको बागडोर माओवादीको हातमा ल्याउनुपर्छ । अनि मात्र शहीद परिवारलाई सम्मान र राहत दिन सक्छौँ । अध्यक्ष प्रचण्डले आफूले लडाइँ छाडेर नभागेको बताउँदै शहीदका सपना पुरा गर्ने प्रतिबद्धता जनाए ।

राप्रपा नेपालका चितवन जिल्ला अध्यक्ष विष्णु खरालको घरमा तोडफोड भएको छ । गए राति भरतपुर महानगरपालिका वडा नम्बर ५ स्थित अध्यक्ष खरालको घरमा तोडफोड भएको राप्रपा नेपालले जनाएको छ ।

घर कसले तोडफोड गरेको हो भनेर अझैसम्म पत्ता लागेको छैन । अध्यक्ष खरालको घरमा आक्रमण गर्नेलाई स्थानीय प्रशासनले पहिचान गरी कानूनअनुसार कारबाहीको दायरामा ल्याउन पनि उनले माग गरेका छन् ।

उनले राजनीतिक प्रतिशोधका कारण आक्रमण भएको भए त्यो अक्षम्य हुने प्रतिक्रिया दिएका छन् । राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले चितवन अध्यक्ष खरालको घरमा आक्रमण भएको बताए । उनले आक्रमणको घोर भर्त्सना र निन्दा गरेका छन् । तोडफोडबाट घरका सीसा फुटेका छन् ।source-Galaxykhabar

प्रकाशित मिति २०७९ बैशाख ४ गते आईतबार ०२:२७
प्रतिक्रियाहरु