अर्थमन्त्री शर्माका लागि अब चाहि बज्यो खतराको घण्टी, कांग्रेसले नै सुरु गर्यो खेल !

अर्थमन्त्री शर्माका लागि अब चाहि बज्यो खतराको घण्टी, कांग्रेसले नै सुरु गर्यो खेल !

छाँयापाटी

@छाँयापाटी

२०७९ बैशाख ७ गते बुधबार ११:५१

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मामाथि गम्भीर नैतिक संकट आइलागेको छ ।' गभर्नर निलम्बन प्रकरण उल्टिएपछि उनीमाथि राजीनाको चर्को दबाब आएको छ । सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्थमन्त्री...

काठमाडौं ।

अर्थमन्त्री जनार्दन शर्मामाथि गम्भीर नैतिक संकट आइलागेको छ ।’ गभर्नर निलम्बन प्रकरण उल्टिएपछि उनीमाथि राजीनाको चर्को दबाब आएको छ ।

सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्थमन्त्री जनार्दन शर्मालाई अप्रत्यक्ष रूपमा पदबाट राजीनामा दिन आग्रह गरेका छन्।

गमभर्नर महाप्रसाद अधिकारीलाई सरकारले गरेको निलम्बनविरुद्ध मंगलबार मात्र अन्तरिम आदेश जारी गर्दै सर्वोच्च अदालतले उनलाई काम गर्न दिन र तत्काल कारबाही नगर्न भनेको छ’।

दुई दशकअघि आफूले हटाएका गभर्नर तिलक रावललाई सर्वोच्च अदालतले पुनर्बहाली गराएपछि तत्कालीन अर्थमन्त्री महेश आचार्यले नैतिकताका आधारमा पदबाट राजीनामा दिएका थिए।’ त्यही नजिर स्मरण गराउँदै कांग्रेस महामन्त्री शर्माले अहिलेका अर्थमन्त्री शर्माले पनि त्यसो गर्नु उचित हुने संकेत गरेका हुन्।

महेश आचार्यको तस्बिरसहित बुधबार बिहान शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बेलाबेला यस्तो तस्बिर पोस्ट गर्न पाइयोस् र भन्न सकियोस्– नैतिक मूल्यको प्रस्तुतिलेनै सुन्दर बन्दै जान्छ राजनीति।

उनले अगाडि लेखेका छन्, ‘समयले सम्झना गरिरहेको छ कांग्रेस नेता महेश आचार्यलाई, जसले आफ्नो प्रस्तावमा सरकारले गरेको गभर्नर बिदाइको निर्णय अदालतले उल्ट्याएपछि अर्थमन्त्रीबाट राजीनामा दिनुभयो।

Source-galaxykhabar
प्रकाशित मिति २०७९ बैशाख ७ गते बुधबार ११:५१
प्रतिक्रियाहरु