नेपालगन्ज ।
नेकपा माओवादी केन्द्र परित्यग गर्दै नन्दलाल वैश्य राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा गरेका छन् । राप्रपाको केन्द्रीय महामन्त्री डा. धवलशमशेर राणाले उनलाई बिहीबार अविरावरण गरेर पार्टी प्रवेश गराएका हुन् ।
नेता वैश्य माओवादी केन्द्रबाट नेपालगन्ज उपमहानगरपालिकाको मेयरका आकांक्षी थिए । उनी नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका नगर कमिटीका सहसचिवसमेत रहेको उनी नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुन् ।
वैश्यको प्रवेशले नेपालगन्जमा पुनः वचश्र्य स्थापित गर्न मद्दत पुग्ने राप्रपा केन्द्रीय महामन्त्री राणाले बताए । राप्रपामा वैश्यको प्रवेशसँगै नेकपा माओवादीका उम्मेदवारलाई स्थानीय तहको चुनावमा असर पुग्ने देखिन्छ ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमनविरुद्धको संयुक्त सङ्घर्षको क्रममा गठित वाम–लोकतान्त्रिक गठबन्धन प्राप्त उपलब्धि, लोकतान्त्रिक प्रणाली र संविधानको रक्षाका लागि दृढ रहेको बताएका छन् ।
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनले सबै स्थानीय तह र वडामा तालमेललाई प्रभावकारी बनाउने निर्णय गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले भने, ‘आगामी निर्वाचनमा वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराई संविधान र लोकतन्त्रको रक्षासहित समाजवादको आधार तयार पार्न गठबन्धनमा आवद्ध दलका नेता-कार्यकर्ता र जनसमुदायमा विशेष अपिल गर्दछु ।’
भ्लादिमिर इलिच लेनिनको १५२औँ जन्मजयन्ती तथा नेपाल कम्युनिष्ट पार्टीको ७३औँ स्थापना दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै अध्यक्ष दाहालले न्याय, समानता र स्वतन्त्रताको सङ्घर्षमा बलिदान गर्ने सहिदप्रति श्रद्धाञ्जलि व्यक्त गरे ।
रुसी क्रान्तिका नायक लेनिनको जन्मजयन्तीको अवसर पारेर स्थापना गरिएको नेकपाले ७३ वर्षको अन्तरालमा देशभित्र आमूल परिवर्तनको नेतृत्व गरेको स्मरण गर्दैै उनले कम्युनिष्ट क्रान्तिकारीको अगुवाइ र लोकतान्त्रिक शक्तिको हिस्सेदारीमा पूँजीवादी जनवादी क्रान्ति आफ्नै विशेषता र मौलिकतासहित सम्पन्न भएको बताए ।
‘देश सामाजिक न्यायमा आधारित समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको पूर्वसन्ध्यामा रहेको छ, यो हामी सबै नेपालीका लागि गौरवको कुरा हो’, अध्यक्ष दाहालको सन्देशमा उल्लेख छ ।
वामपन्थी, देशभक्त एवं लोकतान्त्रिक शक्तिको साझा सङ्घर्षको परिणाम तत्कालका लागि प्रतिगमन पराजित हुन पुगे पनि खतरा पूर्णतः अन्त्य नभएको उनको भनाइ छ ।source-tajakhabar
प्रकाशित मिति २०७९ बैशाख ९ गते शुक्रबार ०९:५१