उर्लाबारी नगरपालिका मेयर खड्ग फागोले चुनावको मुखमा फैलाएको भ्रमप्रति सदीक्षा बास्तोलाले यथार्थ कुरा ल्याएर लाइभमा आएकी छिन्। आफ्नो परिवारलाई समेत जोडेर विभिन्न अभिव्यक्ति दिएपछि लाइभ आएकी हुन्।
उनको स्टाटस यस्तो छ :
केही...
उर्लाबारी नगरपालिका मेयर खड्ग फागोले चुनावको मुखमा फैलाएको भ्रमप्रति सदीक्षा बास्तोलाले यथार्थ कुरा ल्याएर लाइभमा आएकी छिन्। आफ्नो परिवारलाई समेत जोडेर विभिन्न अभिव्यक्ति दिएपछि लाइभ आएकी हुन्।
उनको स्टाटस यस्तो छ :
केही समयपछि आउन लागेको लाइभ भिडियोमा मैले के भन्छु होला भन्ने जिज्ञासा पक्कै पनि हजुरहरुलाई लागि रहेको हुनसक्छ। मैले नचाहाँदा नचाहँदै उर्लाबारीको एक ब्यक्ति जो अहिले नगर प्रमुख (mayor) छन्।
आफ्नो नीजि स्वार्थको लागि, चुनावको प्रचार गर्न घरमै मिडिया बोलाएर गरेको कुराकानीमा मलाई इङ्कित गर्दै धेरै टीका टिप्पणी गरेको सुनें,हेरें। जुन स्वीकार गर्न योग्य छैन।
यो video हेर्नुहोला जुन केही घण्टा अगाडि मात्र मिडियामा आएको छ, बाउ बाजेको सम्पत्तिमा घमण्ड देखाउँदै आफूले गरेको दुईनम्बरी काम लुकाउँदै आएका यस्ता मानिसप्रति आम नगरबासीले सजक हुन जरुरी छ।
दुई पैसाको लोभमा परी उनको प्रचारप्रसारमा लाग्ने विभिन्न दलका कार्यकर्ता होस्। यात आफूले गरेको पापलाई लुकाउन होस्। ज्यान फालेर उनका अघिपछि दाैडनु छैन, मलाई।
हिजाे सय मान्छे अघिपछि लगाएर हिँड्ने उनी अहिले एक दुई मानिसमा सिमित देखिरहेको छु। कस्तो हो, त्यो सबैलाई थाहा छ, बस कोही डराउनुहुन्छ बोल्न त, कोही अझैसम्म गुन्डागर्दी चाहनु हुन्छ, र म त्यो दुईवटै मा पर्दिनँ,र गर्नु परेको छैन। म श्रममा विश्वास गर्छु र श्रम गरेर खान्छु।
‘उ त्यो दाजु म’रेको सदिच्छा को घर’ अनि अझ के रे ? मैले फ्रिमा देको जग्गामा बस्या छन् रे.. लाज सरम भन्ने कुरा छ कि छैन ? नत यो मान्छेले मेरो घर भको जग्गा फ्रीमा देको हो ?
नत यो मान्छेसँग नै खरिद गरेको हाे ? कुनै सरोकार नै नभएको आफ्नो नीजि स्वार्थको लागि यस्तो घिन्लाग्दो statement दिने अधिकार मेयर भनेर पाएको हो कि यो पनि अंसमा पाउनु भएको हो ?
अनि हिजो मलाई दुख पर्दा मेरो घर नचिन्ने यस्ताे तुच्छ सोच भएको मानिसलाई आज त्यो दाइ म’रेकाे सदीक्षाको घर भन्ने अधिकार कस्ले दियो ? तिमीहरूको घिनलाग्दो याेजना र राजनीतिमा म र मरो परिवारलाई झुक्याएर र पनि मिसाउन नखोज्नु ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७