गोरखा
पाँच दलिय गठबन्धन नै सबै स्थानीय तहमा तालमेल गरेर चुनाव लड्ने योजना बनाएपनि केही स्थानीय तहमा भने निकै सकस वातावरण सिर्जना भएको छ । पटकपटक छलफलको वातावरण सिर्जना भएपनि केही स्थानीय तहमा अझै निचोड निकाल्न स्थानीय नेताहरुलाई हम्मेहम्मे परेको छ ।
यसै क्रममा पटकपटक बैठक बस्दा पनि निश्चित निचोडमा नपुगेपछी नेपाली कांग्रेस गोरखाले गठबन्धन दलबाट बाहिरिने निर्णय गरेको छ । जिल्ला पार्टी कार्यलय गोरखामा पत्रकार सम्मेलन गर्दै गठबन्धन दलबाट बाहिरिने निर्णय गरेको हो ।
जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले पत्रकार सम्मेलन गर्दै सहमतिका लागि विभिन्न चरणमा बैठक बसेको भएपनि केही नेताका स्वार्थका कारण निर्णयमा पुग्न नसकेको बताए । तर, ती कुन नेताका स्वार्थ थिए उनले खुलाउन चाहेनन् ।
‘आठ पटक बैठक बसेका थियौं’, पत्रकार सम्मेलनमा उनले भने ‘तर सहमति जुट्न सकेन, नितिगत रूपमा छलफल गरेर अघि बढेका थियौं । हामी हदैसम्म लचिलो भएका थियौं ।’ ‘गठबन्धन जोगिन्छ भने लचकता अपनाउन तयार भएको थियौँ,’ उनले भने ‘ हामी सत्तारूढ दल मात्रै नभएर जिल्लाको ठुलो दल भएकाले पनि केही २०७४ कांग्रेस निर्वाचनमा
शनिबार राति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले जिल्लामा कांग्रेसलाई पाँच, माओवादी केन्द्रलाई चार र जनता समाजवादी पार्टी ९जसपा० लाई पालुङटार नगरपालिकासहित एक पालिकाको नेतृत्व दिने गरि निर्देशन दिएको थियो ।
जसपलाई पालुङ्टार नगरपालिकाको मेयर दिएको कारणले पनि गठबन्धनमा केही नकारात्मक असर परेको खुलासा भएको छ । अघिल्लो स्थानीय निर्वाचनमा जसपाको शून्य सिट पाएको थियो ।
र, अहिले दुई सिट दिने भएपछि काँग्रेस र माओवादी केन्द्रले असन्तुष्टि जनाएको थियो । तर अहिलेसम्म जसपा र माओवादी केन्द्रले चाहिँ कुनै औपचारिक रुपमा गठबन्धनबाट बाहिरिने निर्णय लिगेको देखिएको छैन ।

Source-galaxykhabar
प्रकाशित मिति २०७९ बैशाख ११ गते आईतबार ०२:४७