देउवाले कोइरालामाथि चाले कठोर कदम, कांग्रेसभित्र हंगामा !

देउवाले कोइरालामाथि चाले कठोर कदम, कांग्रेसभित्र हंगामा !

छाँयापाटी

@छाँयापाटी

२०७९ बैशाख ११ गते आईतबार ११:०९

काठमाण्डौ – नेपाल कांग्रेसका सभापति शेरबहादुर देउबाले नेता शेखर कोइरालामाथि गाई किक प्रहार गरेका छन् । उम्मेदवारकोमनोनयन दर्ता गर्ने दिन देउबाले कोइरालालाई उम्मेदवारलाई टिकट बाँड्न केन्द्रीय संसदीय बोर्डबाट हटाएका हुन् । सानेपामा...

काठमाण्डौ –

नेपाल कांग्रेसका सभापति शेरबहादुर देउबाले नेता शेखर कोइरालामाथि गाई किक प्रहार गरेका छन् । उम्मेदवारकोमनोनयन दर्ता गर्ने दिन देउबाले कोइरालालाई उम्मेदवारलाई टिकट बाँड्न केन्द्रीय संसदीय बोर्डबाट हटाएका हुन् ।

सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उम्मेदवारलाई टिकट बाँड्न केन्द्रीय संसदीय बोर्ड गठन गर्दा

कोइरालाको नाम हटाएको हो । कांग्रेसले बनाएको केन्द्रीय संसदीय बोर्डले विधानअनुसार महानगरको टिकट बाँड्न सक्छ। उक्त बोर्डमा कोइरालालाई समाबेश नगरेर देउवाले रामचन्द्र पौडेललाई राखेको छन् ।

प्रधानमन्त्रीसमेत रहेका देउवाले आज १३ पदाधिकारी र वरिष्ठ नेता रामचन्द्र पौडेललाई समेटेर संसदीय बोर्ड गठन गरेका हुन्।

संसदीय बोर्ड २५ सदस्यीय हुने व्यवस्था छ। सभापति देउवाले संसदीय समितिमा आफूसँग महाधिवेशनमा सभापति पदमा प्रतिस्पर्धा गरेका कोइरालालाई भने समेटेका छैनन्।

तर गत मंसिरमा भएको महाधिवेशनमा मौन बसेका पौडेललाई सभापति देउवाले केन्द्रीय संसदीय बोर्डमा राखेका छन्।

कोइरालालाई संसदीय बोर्डमा नराख्दा सभापति देउवाको आलोचना भएको छ। देउवाले केन्द्रीय कार्यसम्पादन समितिबाटै उम्मेदवारलाई टिकट दिन लागेका थिए।

तर विधानअनुसार नमिल्ने भएको भन्दै आज संसदीय बोर्ड गठन गरिएको थियो। ‘समय अभाव हुने भएकोले संसदीय बोर्डको बैठकले सभापति देउवालाई महानगर र उपमहानगरको टिकट दिने अधिकार दिएको छ,’ एक पदाधिकारीले भने, ‘सभापतिले

शीर्ष नेताहरूसँग संवाद गरेर पार्टीले पाएका महानगर र उपमहानगरमा भोलिसम्म टिकट दिने व्यवस्था हुन्छ।’

कांग्रेसले छमध्ये जम्मा तीन महानगरमा मेयर उठाउँदैछ। काठमाडौं, ललितपुर र विराटनगरमा मेयर उठाउने भने पनि अहिलेसम्म उम्मेदवार टुंग्याउन सकेको छैन।

यस्तै उपमेयरमा पोखरा, भरतपुर र वीरगञ्जमा कांग्रेसले उम्मेदवारी दिने सहमति बने पनि कुनै पनि स्थानको उम्मेदवार टुंगिएको छैन। आकांक्षी धेरै र देउवा तथा कोइराला पक्षबीचको गुट विवादले गर्दा उम्मेदवारी टुंगो लाग्न सकस परेको छ।

११ मध्ये सात उपमहानगरमा कांग्रेसले मेयर उठाउँदैछ। धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढीमा मेयर उठाउने कांग्रेसको तयारी छ। तर उम्मेदवार टुंगो लागेको छैन। source: galaxykhabar

प्रकाशित मिति २०७९ बैशाख ११ गते आईतबार ११:०९
प्रतिक्रियाहरु