रोल्पा –
रोल्पाको सुनछहरी गाउँपालिकामा सत्तारुढ गठबन्धन भत्किएको छ । नेपाली कांग्रेस, नेकपा एमाले र विप्लव नेतृत्वको नेकपाबीच नयाँ गठबन्धन बनेपछि सत्तारुढ गठबन्धन भत्किएको हो ।
एमाले र कांग्रेसले समर्थन गरेपछि विप्लव नेतृत्वको नेकपालाई अध्यक्ष दिने सहमति भएको हो । कांग्रेसले उपप्रमुख पाएको छ । स्रोतका अनुसार विप्लव नेतृत्वको नेकपाले सूर्य चिन्हबाट चुनाव लड्ने सहमति गरेको छ ।
नेकपाले केन्द्रीय सदस्य अमरसिंह झाक्रीलाई उमेद्वार बनाउने तयारी गरेको छ । स्रोतले भन्यो, ‘थप छलफल हुँदछ तर अब लगभग सहमति यै नै हुन्छ ।
एमालेबाट बालकृष्ण देउजाले टिकट पाएपछि गठबन्धनलाई धक्का
काठमाडौँ – नेकपा एमालेले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा रणनीतिक रुपमा हेभिवेट उमेदवार अघि सारेपछि गठबन्धन धरापमा परेको छ । वाग्मती प्रदेश कमिटी सदस्य तथा प्रतिनिधीसभा क्षेत्र नम्बर २ का सह इन्चार्ज समेत
रहेका बालकृष्ण देउजालाई मेयर र जिल्ला कमिटी उपाध्यक्ष उमा प्रधानलाई उपमेयरको उमेदवारको रुपमा एमालेले अघि सारेको छ । देउजा र प्रधानको उमेदवारीले मेलम्चीका एमाले कार्यकर्ता र समर्थकहरुमा उत्साह देखिएको छ । स्थानीय रुपमा राम्रोसँग
भिजेका लोकप्रिय उमेदवारलाई पार्टीले टिकट दिए पछि चुनाव जित्ने कन्फीडेन्ट भनै बढेको भन्दै एमाले कार्यकर्ताहरुले खुशियाली मनाइरहेका छन् ।
जिल्लाका १२ वटा स्थानिय तहहरु मध्ये मेलम्ची एमालेको गढका रुपमा चिनिन्छ । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा एमालेले १३ वटा वडा मध्ये ८ वटा वडा सहित मेयर र उपमेयरमा पनि बिजय हासिल गरेको थियो ।
फराकिलो मतान्तरमा प्रतिद्धन्द्धीलाई हराएर राखेको इतिहास कामय राख्न एमाले पंक्ति कस्सिएको छ । मेलम्चीको मेयरको उमेदवार बनेका देउजा लामो राजनितिक इतिहास भएका सालिन र बौद्धिक नेताका रुपमा चिनिन्छन् ।
राजनितीकशास्त्र र ग्रामिण विकासमा डिग्रि गरेका उनी अधिवक्ता समेत हुन् । देउजाको सामाजिक पुँजि स्थानिय स्तरमा निकै अब्बल मानिएको छ । source: motivatenews
प्रकाशित मिति २०७९ बैशाख १२ गते सोमबार ०५:५०