काठमाडौं :
सुनसरीको इटहरीमा नेपाली गहनाको डिजाइन तथा सुनचाँदी व्यवसाय गर्दै आएका कर्णबहादुर विश्वकर्माले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफैंले बनाएको श्रीपेच र राजदण्ड उपहार दिएका हुन् ।
आइतबार झापाको चन्द्रगढी विमानस्थलमा...
काठमाडौं :
सुनसरीको इटहरीमा नेपाली गहनाको डिजाइन तथा सुनचाँदी व्यवसाय गर्दै आएका कर्णबहादुर विश्वकर्माले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफैंले बनाएको श्रीपेच र राजदण्ड उपहार दिएका हुन् ।
आइतबार झापाको चन्द्रगढी विमानस्थलमा उनले पूर्वराजालाई सो उपहार दिएका हुन् । झन्डै २ वर्षअघि कोरोना संक्रमण रोकथामका लागि भएको लकडाउनका बेला उनले ३ महिना लगाएर श्रीपेच र राजदण्ड निर्माण गरेका थिए ।
श्रीपेचमा सुन, चाँदी, मोती तथा बहुमूल्य रत्न लगायत जडान गरिएको छ ।
झन्डै २ वर्षअघि कोरोना संक्रमण रोकथामका लागि भएको लकडाउनका बेला उनले ३ महिना लगाएर श्रीपेच र राजदण्ड निर्माण गरेका थिए । श्रीपेचमा सुन, चाँदी, मोती तथा बहुमूल्य रत्न लगायत जडान गरिएको छ ।
उनले आफू राष्ट्रवादी र राजसंस्थाको पक्षधर रहेको बताउँदै सो श्रीपेच पूर्व राजालाई दिनकै लागि बनाएको उल्लेख गरे ।
उनले भने–‘राजालाई उपहार दिने भनेर नै बनाएको थिएँ तर उहाँलाई दिनका लागि शुभ साइत मिलेको थिएन । झापा आउनुभएको अवसरमा मैले चन्द्रगढी विमानस्थलमा पुगेर उहाँलाई हस्तान्तरण गर्न पाएँ ।श्रीपेच लिँदै पूर्वराजा शाहले धन्यवाद दिएको र निकै हर्षित भएको विश्वकर्माले बताए ।Source-galaxykhabar
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७