चौदण्डीगढी नगरपालिकामा काम गर्ने सिस्टम छैन, हामी बनाउने छौ

चौदण्डीगढी नगरपालिकामा काम गर्ने सिस्टम छैन, हामी बनाउने छौ

छाँयापाटी

@छाँयापाटी

२०७९ बैशाख १५ गते बिहिबार ०५:५०

उदयपुर १५ उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका मा नेकापा (एकीकृत समाजवादी) का मेयर पद का प्रत्यासी उमेद्धार नरेन्द्र राउत संग को छोटो भलाकुसारी गर्ने समय पायौं के भन्नु हुन्छ त १ . नरेन्द्र जी स्वागत छ छाया पार्टी डट कम मा नरेन्द्र...

उदयपुर १५ उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका मा नेकापा (एकीकृत समाजवादी) का मेयर पद का प्रत्यासी उमेद्धार नरेन्द्र राउत संग को छोटो भलाकुसारी गर्ने समय पायौं के भन्नु हुन्छ त

१ . नरेन्द्र जी स्वागत छ छाया पार्टी डट कम मा
नरेन्द्र राउत:धन्यवाद
२. तपाईंको नगर प्रमुख मा किन उमेदवारी
नरेन्द्र राउत: मेरो उमेदवारी किन भन्ने सवाल मा हाम्रो यस चौदण्डीगढी नगरपालिका विकास का पूर्वधार हरु बाट निकै पछि परेको अवस्था छ त्यही अवस्था लाई चिर्न को लागि पनि मेरो उमेद्वारी हो

३. के के चीज मा विकास मा पछि परेको महसुस गर्नु भो त
नरेन्द्र राउत: धेरै कुरा मा छन् स्वास्थ्य शिक्षा कृषि रोड का पूर्वधार हरु मा धेरै कुरा छन् त्यस्तो चीज हरु
४.के यो विकास का काममा २०७४ को निर्वाचित स्थानिय सरकार असफल भएको होत

नरेन्द्र राउत: हो नि कसरी भन्नु हुन्छ भने या का नगरवासी हरु लाई खोइ स्वास्थ मा निःशुल्क बीमा खोइ त शिक्षा क्षेत्र मा १२ सम्म निःशुल्क शिक्षा प्रधान खोइ कृषक हरुलाई नगरको बजेट मा समेट्न सकेको त्यस्ता धेरै वडा छन् जा अहिले सम्म राम्रो संग बाटो हरु निर्माण नभएको ती बजेट हरु का छन् कता गए कसको खल्ती मा गयो

५.भने पछि विकास का नाममा चरम भाष्टचार भयो कि के भन्नु हुन्छ नरेन्द्र राउत : विकास का नाममा भष्टाचार भएको छ नि विकास का नाममा आफनै पार्टी का कार्यकर्ता लाई ठेक्का दियो आको बजेट मा कमिसन खादा रहेको थोरै बजेट बाट कतिनै विकास हुन्छ र

६. अब तपाईं आफैं मेयर पद का प्रत्यासी उमेद्धार हुनु हुन्छ यदि जित्नु भो भने के गर्नु हुन्छ कुनै प्रतिवद्धता छन्
नरेन्द्र राउत: यदि हाम्रो गठबन्धन ले जित्न सफल भए मा हामी संग राम्रो भिजन छन् १ स्वास्थ क्षेत्र मा निःशुल्क स्वास्थ बीमा २ शिक्षा क्षेत्र मा

१२ सम्म निःशुल्क शिक्षा प्रधान ३.कृषि उत्पादन कृषक लाई बजेट को आधार मा पाउने समान बीउ मल तो भित्र पर्ने सम्पूर्ण चीज निःशुल्क वितरण गर्ने ४. पिछडिएका क्षेत्र मा रोड का पूर्वधार मा तिब्र गति मा काम गर्ने

५. बेरोजगार युवा साथी हरु लाई यही कलकारखाना स्थापना गरे रोजगार दिने सीप मुलक काम लाई नगरपालिका को बेजेट बाट तो सीपलाई स्थपना गरेर बेबस्थि गर्दिने महिला हरुलाई सीपमूलक कार्यक्रम मा सहभागी बढाउने कृषि क्षेत्र का उत्पादन लाई हरेक जिल्ला सम्म पुर्याउन सहज वातवरण गर्ने छू अरू पनि धेरै काम गर्नु छ

यहाँको अमूल्य समय को लागि धेरै धेरै धन्यवाद नरेन्द्र राउत ज्यू नरेन्द्र राउत: मलाई मेरो कुरा हरु राख्ने मौका दिनु भएको मा हजुर हरु को टीम लाई पनि धेरै धेरै धन्यवाद बेक्त गर्दछु

प्रकाशित मिति २०७९ बैशाख १५ गते बिहिबार ०५:५०
प्रतिक्रियाहरु