काठमाडौँ –
नेपाली कांग्रेसले अफ्नो उम्मेदवारी फिर्ता लिएपछि माओवादीका एक उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । रुकुमको चौरजहारी नगरपालिका वडा नं. ८ को दलित महिला सदस्य पदको उम्मेदवार रश्मी बि.क सार्की निर्विरोध निर्वाचित भएकी छन् ।
नेपाली काँग्रेसबाट दलित महिला सदस्यको उम्मेदवार राधिका सार्कीले माओवादी केन्द्रलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिए पश्चात् निर्विरोध निर्वाचित भएकी हुन् ।
उम्मेदवारको मृत्यु भएपछि निर्वाचन स्थगित बुटवल – उम्मेदवारको मृत्यु भएपछि निर्वाचन कार्यक्रम स्थगित भएको छ । कपिलवस्तुको बुद्धभूमि गाउँपालिकाको वडा नम्बर ८ का वडाध्यक्षका उम्मेदवारको मृत्यु भएपछि निर्वाचन कार्यक्रम स्थगित भएको हो ।
नेकपा एमालेका उम्मेदवार ओम प्रकाश तिवारीको मृत्यु भएपछि निर्वाचन कार्यक्रम स्थगित भएको निर्वाचन कार्यालयले जनाएको छ । तिवारीको मृत्युपछि स्थानीय तहको निर्वाचन कार्यक्रम स्थगित गरिएको हो ।
हिजो निधन भएको सूचना आएपछि आज निर्वाचन कार्यक्रम स्थगित गरिएको निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । कार्यालयले केही समयमा अर्को समय तालिका प्रकाशन गर्ने छ
विप्लव चुनावमा आएपछि निर्वाचन आयोगलाई तनाव यो पटकको स्थानीय निर्वाचनमा विप्लव नेतृत्वको नेकपा पनि अप्रत्यक्ष रुपमा सहभागी भएको छ ।
निर्वाचन आयोगमा पार्टी दर्ता नगरी देशभर स्वतन्त्र रुपमा उम्मेदवारी दिएपछि आयोगलाई तनाव भएको छ ।विभिन्न पदमा स्वतन्त्र उम्मेदवारी दिनेको सङ्ख्या बढी हुँदा निर्वाचन आयोगले थप चिह्नसहित फेरि मतपत्र छाप्नुपर्ने भएको छ ।
केही पालिकामा स्वतन्त्र उम्मेदवारी अनुमानभन्दा बढी पर्दा यसअघि छापिएको मतपत्रअनुसार उम्मेदवारलाई चुनाव चिह्न दिन नपुग्ने देखिएको छ।
जसले गर्दा आयोगले स्वतन्त्र उम्मेदवारी धेरै परेका स्थानीय तहका लागि फेरि मतपत्र छाप्ने तयारी गरेको छ।शुक्रबार ५ बजेसम्म उम्मेदवारी फिर्ता लिनेको सङ्ख्यालाई समेत ध्यान दिई आयोगले यसअघि छापिएको मतपत्रमा चिह्न अपुग हुने पालिकाका लागि मात्र फेरि मतपत्र छाप्ने तयारी गरेको हो ।
आयोग स्रोतले भन्यो, ‘केही पालिकामा अनुमानभन्दा धेरैको उम्मेदवारी परेको छ। त्यसले गर्दा छापिएको मतपत्रमा समावेश गरिएको चिह्नले मात्र सबै उम्मेदवारलाई नपुग्ने देखिएको छ। अपुग हुने पालिकाको सङ्ख्या यकिन गरेर शनिबार वा आइतबार नयाँ व्यवस्था गर्दैछौं।’
आयोगले आज उम्मेदवारलाई शनिबार चिह्न प्रदान गर्ने छ। source: motivatenews
प्रकाशित मिति २०७९ बैशाख १८ गते आईतबार १२:१६