हिम्मतिला बागी जगन्नाथले “मैले चाहे भने देउवा कांग्रेसको निर्णयलाई उल्टाईदिन सक्छु” भन्दै चेतावनी दिएपछी हल्लियो बालुवाटार !

हिम्मतिला बागी जगन्नाथले “मैले चाहे भने देउवा कांग्रेसको निर्णयलाई उल्टाईदिन सक्छु” भन्दै चेतावनी दिएपछी हल्लियो बालुवाटार !

छाँयापाटी

@छाँयापाटी

२०७९ बैशाख २० गते मङ्गलबार ०२:३१

काठमाडौं । भरतपुर महानगरका बागीले अर्को हिम्मत प्रदर्शन गरेका छन् । चितवनको भरतपुर महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलले आफु कोटमा गए भने देउवा कांग्रेसको निर्णयलाई उल्टाईदिन सक्ने दाबी...

काठमाडौं ।

भरतपुर महानगरका बागीले अर्को हिम्मत प्रदर्शन गरेका छन् । चितवनको भरतपुर महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलले आफु कोटमा गए भने देउवा कांग्रेसको निर्णयलाई उल्टाईदिन सक्ने दाबी गरेका हुन् ।

गठबन्धनअनुसार चितवन महानगरपालिका माओवादी केन्द्रको भागमा परेको भन्दै नोमिनेसन फिर्ता लिन आग्रह गरेका थिए त र उनले फिर्ता लिएनन् ।आफुलाई कांग्रेसले कार्वाही गर्ने बाटो नभएको चुनौती

दिएका छन् । कम्युनिष्ट, कम्युनिष्ट मिल्न सक्दैन झन कांग्रेस र कम्युनिष्ट कसरी मिल्छ यो स्वार्थको लागि मिलेको बताएका छन् ।

प्रचण्डले सालिनता पूर्वक राम्रो कुरा गरेको र प्रचण्डको कुरामा कुनै खोट नभएको र प्रधानमन्त्री शेरबहादुर देउवाले फिर्ता लेउँ भनेर आग्रह गरेको बताएका छन् ।

उनले भने– हेनुस् म कोटमा गए भने कांग्रेसको निर्णयलाई म उल्टाईदिन सक्छु । कांग्रेसले मलाई कार्वाही गर्ने बाटो छ । मलाई उल्लंघन गर्ने बाटो छ ।म चुनौति दिन्छु तर म त्यो हिसाबले जान् । मेरो राजनीति कुरा के छ भने, तपाईहरुले जे गदै हुनुहुन्छ त्यो गलत छ, सुद्रिनु पर्छ ।

कांग्रेस सुद्रिनु पदैन अब, जगन्नाथको मनमा चारतारे झण्डा जब सम्म रहन्छ नि कसैले खोस्न सक्दैन एउटा कुरा बुझिराख्नु । र मैले अघि नै भने म (क) वर्गको कांग्रेस हुँ, उनले भने ।

यस्तो छ माओवादी केन्द्रका ‘दुई किनारा’ बर्षमान र जनार्दनको एउटै टेबलको भोजनको रहस्य !
पार्टीभित्रका प्रतिपक्षी मानिने नेकपा माओवादी केन्द्रका ‘दुई किनारा’ अर्थात् जनार्दन शर्मा ‘प्रभाकर’ र नेता वर्षमान पुन लामो समयपछि ‘अनन्त’ एउटै टेबलमा देखिएका छन् ।

हिजो दिउँसो उनीहरू सिंहदरबारस्थित बसेरा होटेल पुगेपछि उक्त दृश्य देखिएको हो । स्रोतका अनुसार शर्मा र पुनले लामो समयपछि दिउँसोको खानासँगै पार्टी–संगठन र स्थानीय तहको आउँदो निर्वाचनबारे समीक्षा गर्न उक्त चाँजोपाँजो मिलाएका हुन् ।

माआवादीभित्रैका कतिपयले दुई नेताको ‘भोजनवार्ता’ लाई देखावटी चटक भनेका छन् । महासचिवका मुख्य दाबेदार शर्मा र पुन बसेरा होटेलमा संयोगले पुगेको भन्नेहरु पनि छन् । बजेट निर्माणबारे पूर्वअर्थमन्त्रीहरूसँगको संवाद कार्यक्रममा पुगेका पुनसँग अर्थमन्त्री शर्मा खाना खाने क्रममा भेटिएका हुन् ।

मुलुकको अर्थतन्त्रको विषयलाई लिएर एक पछिल्लो पटक अर्काविरूद्ध राजनीतिक मैदानमा उत्रिएका उनीहरू पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नजरमा भने आजका मितिसम्म बराबर छन् । source: praharnews

प्रकाशित मिति २०७९ बैशाख २० गते मङ्गलबार ०२:३१
प्रतिक्रियाहरु