भरतपुरमा गठबन्धनको विशाल आमसभा हुँदै, देउवादेखि गगन थापासम्म सम्बोधन गर्ने !

भरतपुरमा गठबन्धनको विशाल आमसभा हुँदै, देउवादेखि गगन थापासम्म सम्बोधन गर्ने !

छाँयापाटी

@छाँयापाटी

२०७९ बैशाख २० गते मङ्गलबार ०५:४१

चितवन बैशाख २० चितवनमा पर्सी (वैशाख २२) गते सत्तागठबन्धनको विशाल आमसभा हुने भएको छ ।त्यसका लागि गठबन्धनमा आवद्ध दलहरुले भरतपुरमा आमसभाको तयारी थालेका छन् । आमसभामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,...

चितवन बैशाख २०

चितवनमा पर्सी (वैशाख २२) गते सत्तागठबन्धनको विशाल आमसभा हुने भएको छ ।त्यसका लागि गठबन्धनमा आवद्ध दलहरुले भरतपुरमा आमसभाको तयारी थालेका छन् ।

आमसभामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल,

महामन्त्री गगन कुमार थापालगायनका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस जिल्ला सभापति राजेश्वर खनालले जानकारी दिए ।

आमसभाका लागि प्रधानमन्त्री देउवा भोलि साँझ नै चितवन आइपुग्ने खनालले बताए ।भरतपुरमा सत्तागठबन्धनको तर्फबाट मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा कांग्रेसबाट चित्रसेन अधिकारी उम्मेद्वार छन् ।

गठबन्धनले चितवनका सबै पालिकाहरुमा मेयरदेखि वडा सदस्यसम्म तालमेल गरेको छ ।गठबन्धनका सबै उम्मेद्वारलाई जिताउनले भरतपुरमा भव्य आमसभा आयोजना गर्ने निधो गरेको हो । आमसभाका लागि तयारी व्यापाक पारिएको कांग्रेस जिल्ला सभापति खनालले बताए ।

उर्लाबारीमा एमालेका उम्मेद्वारलाई जेष्ठ नागरिकको आशिर्वाद

उर्लाबारी – मोरङको उर्लाबारी नगरपालिकामा नेकपा एमालेका उम्मेदवारहरू मत माग्दै जनताको घरदैलोमा पुगेका छन् ।वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि मत माग्दै उम्मेदवारहरू घरदैलोमा पुगेका हुन् ।

घरदैलोका क्रममा ज्येष्ठ नागरिक मतदाताहरूले वृद्ध भत्ता दिने एमाले र एमालेका उम्मेदवारलाई जीतको शुभकामना दिनुभयो ।

उहाँहरूले एमाले उम्मेदवारको जीत सुनिश्चित भएको भन्दै आशिर्वाद समेत दिनुभयो । ‘हामीलाई बुढेसकालमा पेट पाल्न भत्ताको व्यवस्था गर्ने एमालेलाई आशिर्वाद छ’, उर्लाबारी – ८ की एक बृद्धाले भन्नुभयो ।

मेयर पदका उम्मेदवार यस क्षेत्रकै समाजिक ब्यक्तित्व गंगाप्रसाद खरेल, उपमेयर पदका उम्मेद्वार महिला अधिकारको क्षेत्रमा क्रियाशिल मिना खतिवडा पौडेलसहित वडा अध्यक्ष र वडा सदसयका उम्मेद्वार घरदैलो कार्यक्रममा हुनुहुन्छ ।

उर्लाबारीमा रहेका ९ वटै वडाका टोलटोलमा कोणसभा र मतदाताको सुझाब प्रतिक्रिया लिएर उम्मेद्वारहरु चुनावी अभियानमा रहेको नेकपा एमाले उर्लाबारी नगर कमिटी अध्यक्ष गंगाप्रसाद बाँस्तोलाले जानकारी दिनुभयो । मेयर पदका उम्मेद्वार खरेलले आफु शासक हैन, उर्लाबारीबासीको सेवन बन्न चाहेको बताउनुभएको छ ।

निर्वाचित भएपछि उर्लाबारीबासीकै सुझाब र उहाँहरुकै सल्लाहमा म अघि बढ्ने हो, किनकी म यहाँका नागरिकको सेवक बन्न चाहन्छु ।
गुनाशा र समस्या राख्न भेट्न समय नमिल्ने, भेट्नलाई घण्टौँ कुनुपर्ने, फोन नउठ्ने, चुनाव जितेपछि जनताको घरदैलोमा नआउने काम आफुबाट नहुने खरेलले बताउनुभएको छ ।

उर्लाबारी नगरपालिकाका सबै वडा जोड्ने चक्रपथको निर्माण गर्ने एमालेले घोषणा पत्रमा उल्लेख गरेको छ । उर्लाबारीमा संचालित बिधुतीय सफारी ट्याम्पोलाई नगर यातयातको अवधारणा बनाएर कार्यविधि बनाएर ब्यवस्थित रुपमा संचालन गरिने एमालेको योजना छ ।

Source: Pathivara Daily

प्रकाशित मिति २०७९ बैशाख २० गते मङ्गलबार ०५:४१
प्रतिक्रियाहरु