ओलीमा राजाको भाषा ह्वास्सै गन्हायो : प्रचण्ड

ओलीमा राजाको भाषा ह्वास्सै गन्हायो : प्रचण्ड

छाँयापाटी

@छाँयापाटी

२०७७ माघ ६ गते मङ्गलबार ०७:०३

काठमाडौं :नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीले राजाकै भाषा प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरेको आरोप लगाएका छन्' । मंगलबार राजधानीमा आयोजित प्रेस संगठन, नेपालको राष्ट्रिय...

काठमाडौं :नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीले राजाकै भाषा प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरेको आरोप लगाएका छन्’ ।

मंगलबार राजधानीमा आयोजित प्रेस संगठन, नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । संविधानमै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटनको निर्णय गरेको भन्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले ओलीले फेरि देशलाई निरंकुशतातिर धकेल्ने प्रक्रियाको सुरुवात गरेको आरोपसमेत लगाए ।

‘यो राजतन्त्र पुनर्स्थापित गर्ने, निरंकुशतातिर धकेल्ने प्रक्रियाको सुरुवात भएको छ ‘ यसलाई हर मूल्यमा रोक्नु पर्छ’, प्रचण्डले भने, ‘प्रधानमन्त्री ओलीमा राजाकै ‘भाषा ह्वास्स गन्हाएको छ ।ओलीले प्रतिक्रान्तिको योजना अगाडि सारेको भन्दै उनले यसलाई जसरी भए पनि असफल पार्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले पुस ५ गते चालेको कदम प्रतिनिधिसभा विघटन मात्र नभएर संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र शान्ति प्रक्रियालाई भंग गर्दै देशलाई दुर्घटनातिर लाने प्रक्रियाका लागि भएको आरोप प्रचण्डको छ’ । प्रचण्डले आफैंले प्रधानमन्त्री बनाएको पार्टीकै मान्छेले आफैंले जन्माएको बच्चाको हत्या गर्न लागेकाले त्यसलाई रोक्न आन्दोलन गर्नु परेको बताए’।

‘बाघले पनि कसैले आफ्नो बच्चालाई आक्रमण गर्न लाग्दा गर्जिन्छ । नेपाली जनता पनि गर्जिनुपर्छ भनेको हुँ । मैले हिंसाको लागि गर्जिनुपर्छ भनेको होइन । हामीले शान्ति र लोकतन्त्रका लागि समझदारी गरिसकेका छौँ’, प्रचण्डले भने, ‘तर, निरंकुशतातर्फ देशलाई धकेल्ने दुष्कर्म कसैले गर्छ भने जुनसुकै मूल्य चुकाएर पनि पनि त्यसलाई रोक्ने दायित्व जनताको हो’ ।

प्रचण्डले अहिले आफूहरु युद्धमा नभएर शान्तिमा भएकाले बन्दुकको भाषा नभएर जनमतको भाषा बोल्ने बताए । उनले अहिलेको शक्तिशाली भाषा कलमकै भएकोमा जोड दिए’ ।

‘हामी युद्धमा छैनौँ शान्तिमा छौँ । हामी बन्दुकको भाषा होइन, जनमतको भाषा, मतपत्रको भाषा बोल्दै छौँ’, उनले भने,सबैभन्दा शक्तिशाली भाषा भनेको कलमको हो’ । अहिलेको अग्रमोर्चामा रहेको भनेको पत्रकारिता हो । लेख रचना हो र अभिव्यक्ति हो ।

प्रचण्डले ओली पार्टी र देशको संविधानलाई कुल्चिएर निरंकुश शासक बन्ने प्रयासमा रहेको आरोप लगाए’ । ओलीकै दम्भका कारण अहिलेको अवस्था सिर्जना भएको उनको भनाइ छ’ ।

अहिले ओलीको हातमा केही नभएको भन्दै उनले चिजहरु अन्तै गएको बताए ।अब केपीको हातमा केही पनि छैन । जुन दिन केपीले संसद विघटन गर्नुभयो त्यो दिनदेखि केपीको हात सकियो’, प्रचण्डले भने,अन्तै छ चिजहरु ‘।

प्रकाशित मिति २०७७ माघ ६ गते मङ्गलबार ०७:०३
प्रतिक्रियाहरु