नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्माओलीको अभिव्यक्तिले पाँचदलीय गठबन्धनलाई चिटचिट पसिना छुटाएको छ ।
देशभरीका प्रतिक्रियावादीहरु, जनविरोधीहरु, देशद्रोहीहरु, राष्ट्रघातीहरु, भ्रष्टाचारीहरु, मोर्चा कसेर आउ,एमाले एक्लै लड्छ’ भन्ने अभिव्यक्तिले गठबंधनको चिटचिट पसीना छुटेको हो ।
आइतबार हेटौंडामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमालेदेखि डराएर नै गठबन्धन बनेको भन्दै पाँच दल मिलेपनि एमालेलाई हराउन नसक्ने बताएका हुन् ।
उनले भने सबै मिलेपनी ‘मिलेर पनि पार लाग्दैन । गठबन्धन गरेर पनि पार लाग्दैन । पाँचै जनाले पार लाग्दैन’, ‘मेरो निर्वाचन क्षेत्रमा ज्ञानेन्द्र शाह समर्थक ६ दलीय गठबन्धन गरेका छन् । ’
उनले एमालेले विरोधीलाई वान टु वान आउ नभन्ने भन्दै देशभरीका विरोधीहरु मोर्चा कसेर आएपनि केही गर्न नसक्ने दावी गरे ।देशभरीका प्रतिक्रियावादीहरु, जनविरोधीहरु, देशद्रोहीहरु, राष्ट्रघातीहरु, भ्रष्टाचारीहरु, मोर्चा कसेर आउ, एमाले एक्लै लड्न तयार छ ।
यो मेरो सिधा चुनौती हो भन्दै गठबन्धनलाई यस्तो संघ्या दिएका हुन् । source: nepalirajneti
लिम्चुङ्गबुङ्ग गाउँपालिकामा माओवादीमा पहिरो : निर्वाचित वडा अध्यक्ष एमालेमा प्रवेश निर्वाचनको मुखमा उदयपुरको लिम्चुङ्गबुङ्ग गाउँपालिकामा नेकपा माओवादीमा पहिरो गएको छ । माओवादीमा पहिरो गएसँगै एमाले मजवुद बन्दै गएको छ ।
गाउँपालिकाका हेभिवेइटका हस्ति नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडानम्बर २ ताम्लिछाका वडाध्यक्ष भविन्द्र राई,महिला नेतृ गंगा राईसहित ठुलो संख्यामा एमालेमा प्रवेश गरेसँग माओवादी भित्र हलचल मच्चिएको हो ।
ताम्लिछा माओवादीका लागि भोट बैंक हो । यसअघि भारी मतले एमाले उमेदवारलाई पराजित गरेका राई एमालेमा प्रवेश गरेसँगै एमालेले गाउँपालिका प्रमुख, उपप्रमुख र वडामा सिट सुरक्षित गरेका स्थानीयको आँकलन छ ।
स्थानीय एक युवाले भन्नुभयो, ‘भविन्द्रलाई वडामा टिकट नदिनु र उहाँलाई एमालेमा जान रोक्न नसक्नु नै माओवादीलाई दशा लाग्यो, अव कही कतैबाट माओवादीलाई जिताउन सकिदैन् ।
५ बर्ष जनप्रतिनिधिको अनुभव बटुलिसकेका राई त्यस क्षेत्रका मात्र नभई गाउँपालिकाकै हस्ति मानिनुहुन्छ । तुलनात्मकरुपमा उहाँले आफ्नो वडामा विकास निर्माणका कामलाई अब्बल सावित गरिसक्नुभएको छ ।
प्रकाशित मिति २०७९ बैशाख २२ गते बिहिबार ०१:४३