छोरी रेणु हार्ने सन्त्रासले प्रचण्डलाई आपत परेपछी चाले यस्तो कदम !

छोरी रेणु हार्ने सन्त्रासले प्रचण्डलाई आपत परेपछी चाले यस्तो कदम !

छाँयापाटी

@छाँयापाटी

२०७९ बैशाख २३ गते शुक्रबार १२:५४

काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चितवनको भरतपुर महानगरपालिकाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेललाई निर्वाचनमा निष्क्रिय पार्न गरेको प्रयास पानीमा गएको छ । पौडेललाई निस्क्रिय पार्ने प्रयासमा...

काठमाडौँ –

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चितवनको भरतपुर महानगरपालिकाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार

जगन्नाथ पौडेललाई निर्वाचनमा निष्क्रिय पार्न गरेको प्रयास पानीमा गएको छ । पौडेललाई निस्क्रिय पार्ने प्रयासमा देउवा केहिदिनदेखि चितवनमै छन् । यसले  गठबन्धनमा  थप संकट पैदा गर्ने देखीएको छ । आफ्नी पुत्रीले पराजय बेहोर्ने

होकी भन्ने त्रासले माओवादी केन्द्रका अध्यक्ष प्रचन्ड पनी तनावमा रहेको बुझीएको छ ।पौडेललाई निष्क्रिय पारेर गठबन्धनबाट प्रमुख पदकी उम्मेदवार बनेकी रेणु दाहालको पक्षमा चुनावी माहोल बनाउन चाहेका

देउवाले थालेको यस्तो प्रयास फेल खाएको हो । पटक पटक उनलाई उमेद्वारी फिर्ता लिन गरिएको अनुरोध पौडेलले अस्विकार गरेको र उनको स्वतन्त्र उमेद्वार कायमै रहदा निस्क्रिय पर्न गरिएको हर प्रयास पानीमा गएको हो  ।

उनले पौडेलसँग छलफलसमेत गरेको कांग्रेसका एक नेताले जानकारी दिए । पौडेल भने सकारात्मक निष्क्रिय हुन सकारात्मक भइसकेका छैनन् । देउवाले उनलाई ‘कन्भिन्स’ पार्न भने प्रयास गरिरहेको ती नेताले बताए । तर, काँग्रेस जिल्ला सभापति

राजेश्वर खनालले भने पौडेलसँग छलफल गर्ने भन्ने सुनेको र पौडेल सकारात्मक कि नकारात्मक भए भन्ने जानकारी नभएको बताए ।सभापतिज्यूले भेट्ने भन्ने कुरा चाहिँ सुनेको थिएँ । तर, भेट भयो कि भएन र भेटमा निष्क्रिय हुन उहाँ (जगन्नाथ पौडेल)

सकारात्मक हुनु भयो कि भएन भन्ने जानकारी छैन’, उनले भने । पौडेललाई १६ वैशाखमा उम्मेदवारी फिर्ता गराउन यसअघि गृहमन्त्री बालकृष्ण खाण र राज्यमन्त्री उमेश श्रेष्ठलाई देउवाले पौडेलकै घरमा पठाएका थिए । उनीहरूले आग्रह पनि गरे तर पौडेल टसमस भएनन् ।

यसपछि भने नेता शंकर भण्डारीलाई पनि पौडेललाई भेट्न पठाए । उम्मेदवारी फिर्तादेखि निष्क्रिय रहन अस्वीकार गर्दै आएपछि देउवा नै भरतपुर पुगेका हुन् । पौडेल १६ वैशाखकै पार्टीको साधारण सदस्यतासमेत नरहनेगरी कारबाहीमा

परिसकेका छन् । उनी स्वतन्त्र उम्मेदवारको रूपमा निर्वाचन चिह्न ‘भुइँकटहर’ लिएर घरदैलो अभियानमा छन् ।काँग्रेसबाट उनी यसअघि राष्ट्रियसभा सदस्य भइसकेका छन् । उनी गठबन्धनप्रति असन्तुष्ट हुँदै स्वतन्त्र उम्मेदवार बनेका हुन् ।

 

प्रकाशित मिति २०७९ बैशाख २३ गते शुक्रबार १२:५४
प्रतिक्रियाहरु