दुई पटकसम्म संसद मासेर जनमतको अपमान गर्नेले चुनावबाटै जवाफ पाउनेछन् : देउवा

दुई पटकसम्म संसद मासेर जनमतको अपमान गर्नेले चुनावबाटै जवाफ पाउनेछन् : देउवा

छाँयापाटी

@छाँयापाटी

२०७९ बैशाख २५ गते आईतबार १०:०४

काठमाण्डाै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पटक पटक संसद विघटन गरेर जनमतको अपमान गर्नेहरुलाई नागरिकले चुनावबाटै जवाफ दिने दाबी गर्नुभएको छ । https://www.youtube.com/watch?v=eqTOEyBzXNc बुटवलमा भएको आमसभालाई सम्बोधन गर्दै...

काठमाण्डाै

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पटक पटक संसद विघटन गरेर जनमतको अपमान गर्नेहरुलाई नागरिकले चुनावबाटै जवाफ दिने दाबी गर्नुभएको छ ।

बुटवलमा भएको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विगतमा नागरिकले तत्कालीन नेपाल कम्युनिष्ट पार्टीलाई झण्डै दुई तिहाई मत दिएको तर केपी शर्मा ओलीले जनमतको अपमान गर्दै २ पटकसम्म संसद विघटन गरेको आरोप लगाउनुभयो ।

प्रतिपक्षीले विरोध गर्नासाथ संसद भङ्ग गर्ने प्रवृत्तिलाई नागरिकले चुनावबाटै जवाफ दिएर हराइदिने देउवाको दाबी छ ।

‘अहिलेको संविधानले रहरका आधारमा, लहडका आधारमा जथाभावी संसद भङ्ग गर्नै पाउँदैन । ओलीजी पार्लियामेन्ट चल्न नि नदिने, भङ्ग गरेको गर्‍यै गर्ने, उहाँँको पार्टीलाई जिताएर के गर्ने ?’ देउवाले भन्नुभयो ।

उहाँले ओलीको प्रतिगमनलाई परास्त गर्न पाँच दल मिलेको जिकिर गर्दै लोकतन्त्रको रक्षा गठबन्धनले मात्रै गर्ने बताउनुभयो । आफ्नो नेतृत्वमा सरकार बनेपछि नागरिकले स्वतन्त्र महसुस गरेको, सुकुम्बासीले जग्गा पाएको, सबैलाई कोरोनाविरुद्धको खोप दिएको,

विकास निर्माणले गति लिएको लगायतका थुप्रै काम भएको देउवाको दाबी छ ।SOURCE-SAGARMATHADAILY

प्रकाशित मिति २०७९ बैशाख २५ गते आईतबार १०:०४
प्रतिक्रियाहरु