बैशाख ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवा पत्नी आरजु राणाले म्यानपावर खोलेको आशंका व्यक्त गरिएको छ । नेकपा ९एमाले० अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस नेतृ आरजु देउवाले म्यानपावर कम्पनी चलाएको हुनसक्ने भन्दै शंका व्यक्त गरेका हुन् ।
पोखरामा एमालेले आयोजना गरेको चुनावी सभालाई सोमबार सम्बोधन गर्ने क्रममा उनले सो कुरा बताएका हुन्। केही दिनअघि कांग्रेस नेतृ राणाले एउटा चुनावी कार्यक्रममा बोल्दै त्यो ठाउँमा ५र६ जना व्यक्तिलाई फ्रि भिसा र फ्रि टिकटमा मलेसिया पठाइदिने घोषणा गरेकी थिइन्।
‘मलेसिया सम्झँदा कांग्रेसका एक नेताको भाषण पनि सम्झेँ, मैले। धेरैलाई त सक्दिन, ५र६ जनालाई फ्रि भिसा र टिकटमा मलेसियामा पठाइदिन्छु रे’,उनले भनिन्,‘
म्यानपावर कम्पनी खोलेको होला भित्रभित्रै। हामी मलेसिया, सलेसिया हैन, देशभित्रै युवाहरुलाई तालिम दिन्छौँ, रोजगारी दिन्छौँ। रोजगारीमात्रै हैन, स्टार्टअपको रुपमा सर्टीफिकेट राखेर ऋण दिन्छौँ। हामी विदेश पठाउने हैन, युवाहरुलाई राष्ट्र निर्माणको अभियानमा सरिक गराउँछौँ।’
उनले ३र४ कक्षाका बालबालिकाले समेत कांग्रेस र एमालेबीच भिन्नता छुट्याउन सक्ने जिकिर गरे। ‘भिन्नता यहीँ छ। ३ ४ कक्षाका बालबालिकालाई भिन्नता छुट्याऊ भनेर दिएको हुन्छ।
त्यसो गर्दा साना बच्चाबच्चीलाई कांग्रेस र एमालेको, एमाले र गठबन्धनको भिन्नता छुट्याऊ भन्यो भने सजिलै छुट्याइदिन्छ।’ यसो भन्नुअघि उनले मलेसियामा मजदुर किसानको बलसँग सम्बन्धित रहेको एउटा गीतको प्रसंग निकाल्दै यहाँ पनि जनताले बल देखाउनुपर्ने बताएका थिए।Source-galaxykhabar
प्रकाशित मिति २०७९ बैशाख २६ गते सोमबार ०९:११