सञ्जुको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान

सञ्जुको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान

छाँयापाटी

@छाँयापाटी

२०७९ बैशाख २८ गते बुधबार ०५:२६

भारोत्तोलन खेलाडी स्वर्गीय सञ्जु चौधरीको पार्थिव शरीरमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका छन् । बाँकेको राप्तीसोनारीस्थित चौधरीको निवासमा पुगेर मन्त्री अथकले  राष्ट्रिय...

भारोत्तोलन खेलाडी स्वर्गीय सञ्जु चौधरीको पार्थिव शरीरमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका छन् ।

बाँकेको राप्तीसोनारीस्थित चौधरीको निवासमा पुगेर मन्त्री अथकले  राष्ट्रिय  झण्डा ओढाई श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

मंगलबार काठमाण्डौंमा मृत अवस्थामा भेटिएकी चौधरीको शव उनको गृहनगर बाँके ल्याइएको हो । बाँकेको राप्तीसोनारी ३ बेलासपुरमा रहेको घरमा बुधबार चौधरीको शव अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो ।

श्रद्धाञ्जली सभामा बोल्दै मन्त्री अथकले चौधरीको निधनले नेपाली खेल क्षेत्रमा अपुरणीय क्षति पुगेको बताए । चौधरीको निधनले सिंगो खेल क्षेत्रलाई स्तब्ध बनाएको उल्लेख गर्दै मन्त्री अथकले श्रद्धाञ्जली अर्पण गरे ।

१३ औं दक्षिण एसियाली खेलकुदमा भारोत्तोलन तर्फबाट स्वर्ण पदक बिजेता खेलाडी चौधरी एसियाली खेलकुदको तयारीका क्रममा ललितपुर बस्दै आएका थिए ।

प्रशिक्षणकै क्रममा ललितपुरको महालक्ष्मी नगरपालिका ९ लुभुमा बस्दै आएकी २३ वर्षिया चौधरी मंगलबार बिहान मृत अवस्थामा भेटिएकी थिइन् ।  सन्जुको गृहनगरमा बुधबार धार्मिक विधिअनुसार अन्तिम संस्कार गरीएको छ ।

 

प्रकाशित मिति २०७९ बैशाख २८ गते बुधबार ०५:२६
प्रतिक्रियाहरु