काठमाडौं -: नेपालमा रासायनिक मल कारखाना स्थापनाका लागि तयारी सम्बन्धी गृहकार्य सुरु गरिएको छ’ ।अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, कृषि तथा पशुपंछि विकास मन्त्री पद्माकुमारी अर्याल र सचिवहरु सहित अर्थ मन्त्रालयमा बसेको बैठकमा नेपालमा रासायनिक मल कारखाना स्थापनाको तयारी सम्बन्धी छलफल भएको छ’ ।
बैठकमा रासायनिक मल कारखाना स्थापनाको प्रविधि र सम्भावित लागत र विश्वमा प्रचलनमा रहेका प्रविधि तथा तरिका प्राकृतिक ग्यास, वाटर इलेक्ट्रोलिसिस र हाइब्रिड मध्येबाट नेपालका लागि उपयुक्त हुने प्रविधि तय गर्नेबारे छलफल भएको हो ‘।
अर्थमन्त्री पौडेलले थप छलफल गरी नेपालमा रासायनिक मल कारखाना स्थापना सम्बन्धी प्रविधि, लगानीको विधि र लागत समेतको प्रस्ताव तयार गर्ने बताए’ ।
गत कार्तिक २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा रासायनिक मल कारखाना स्थापनाको प्रारम्भिक अध्ययन गर्नका लागि अर्थमन्त्रीको संयोजकत्वमा समिति गठन गरेको थियो ‘। यसअघि कृषकलाई आवश्यक रासायनिक मल भारत चीन लगायतका देशबाट आयात हुने गरेको थियाे’ ।
तर कोरोना भाइरसको कारण समयमा मल आउन सकेन् । सरकारले मल ल्याउन दुईवटा कम्पनीलाई ठेक्का दिएको थियो । तर ठेक्का पाएको कम्पनीले मल नल्याएपछि नेपालमै रसायनिक मल कारखाना खोल्ने प्रस्ताव ल्याएको हो’ ।
प्रकाशित मिति २०७७ माघ ७ गते बुधबार ०४:५३