काठमाडौं।
काठमाडौं महानगरपालिकामा युवा उम्मेदवारहरूको नेतृत्वको सम्भावना देखिएको छ । यहाँ मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएका छन् ।
उपमेयरमा भने एमालेकी सुनिता डंगोलले फराकिलो अन्तरमा लिड गरेकी छन् । प्राप्त विवरण अनुसार सुनिताले १०४ मत ल्याएकी छिन् । उपमेयरमा एकीकृत समाजवादीले ४१ मत ल्याउँदा राप्रपाले २५ मत पाएको छ ।
काठमाडौंको मतगणना सुस्त गतिमा भइरहेको छ । एउटै मत गन्न १० मिनेटजति लाग्ने बताइएको छ ।
नीय निर्वाचन एक महानगर र दुई उपमहानगरमा ‘टप्दै’ स्वतन्त्र उम्मेदवार
देशभरका ७ सय ४२ स्थानीय तहमा मतगणना जारी रहँदा केही महत्वपूर्ण स्थानीय तहमा स्वतन्त्र उम्मेदवारहरूको सुरुवाती
अग्रता छ ।वर्षौंसम्म सत्तामा रहेका ठूला दलहरू नेकपा एमाले र नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनलाई समेत पछि पार्दै लगातार अग्रता लिइरहेका छन् ।
अग्रता लिएका चर्चित स्वतन्त्र उम्मेदवारहरू हुन्, बालेन्द्र शाह उर्फ बालेन, मनोजकुमार साह र विदुर बस्नेत ।बालेन सङ्घीय राजधानी भएको काठमाडौं महानगरपालिकाको प्रमुख पदका उम्मेदवार हुन् ।
युवा उम्मेदवार बालेनले नेकपा एमालेका उम्मेदवार केशव स्थापित र पाँच दलीय गठबन्धनको उम्मेदवार सिर्जना सिंहले पछि
पारेका छन् । र, उनले लगातार मतान्तर बढाउँदै लगेका छन् ।यो समाचार तयार पार्दासम्मको विवरणअनुसार बालेनको २१३
मत छ । स्थापितको १५९ र सिंहको १४८ मत छ । बालेनले अग्रता लगातार लिइरहेपछि समर्थकहरूले राष्ट्रियसभा गृह क्षेत्रमा खुसियालीस्वरुप नाराबाजी गरिरहेका छन् ।
काठमाडौं महानगरपालिकापछि अर्को चर्चित स्वतन्त्र उम्मेदवारले अग्रता जारी राखेको उपमहानगरपालिका हो– जनकपुर
उपमहानगरपालिका ।मधेस प्रदेशको राजधानी रहेको यो उपमहानगरपालिकामा मनोजकुमार साहले पाँच दलीय गठबन्धन र एमालेका उम्मेदवारलाई लगातार पछि पारेका छन् ।
प्रकाशित मिति २०७९ बैशाख ३१ गते शनिवार ०४:५४