काठमाडौं ।
https://www.youtube.com/watch?v=BZxfwNuJoxM&t=789s
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा धाँधली भएको आरोप लगाएको छ। आइतबार महासचिव शंकर पोखरेलले विज्ञप्ती जारी गर्दै निर्वाचनमा धाँधली भएको आरोप लगाएका...
काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा धाँधली भएको आरोप लगाएको छ। आइतबार महासचिव शंकर पोखरेलले विज्ञप्ती जारी गर्दै निर्वाचनमा धाँधली भएको आरोप लगाएका हुन्।
सत्ता गठबन्धनले जसरी पनि निर्वाचन जित्न धाँधलीको साहरा लिएको एमालेको आरोप छ। ‘सत्ताधारी गठबन्धनको स्थानीय निर्वाचन नगराउने षड्यन्त्रलाई परास्त गर्दै २०७९
वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुनुपर्ने निर्वाचनलाई भय र त्रासबिना मतदान र मतगणना हुनुपर्नेमा सत्ताधारी
गठबन्धनले त्यसलाई पुरै बेवास्ता गरी जसरी पनि जित्न धाँधलीका साहारा लिएको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘यसरी सत्ता गठबन्धनले लोकतन्त्रको र लोकतान्त्रिक अभ्यासको खिल्ली उडाएको छ ।’
बाग्लुङमा तमान खोलामा कांग्रेस विजयी, कम्युनिस्टहरु चित खाए
बागलुङका तमानखोला गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। गाउँपालिकाको अध्यक्षमा जोकलाल बुढा विजयी भएका छन्।
यस्तै उपाध्यक्षमा पनि कांग्रेसले नै बाजी मारेको छ। उपाध्यक्षमा हिरा कुमारी छन्त्याल निर्वाचित भएकी छन्।अन्तिम मतपरिणाम अनुसार २ हजार ७०७ मत ल्याएर बुढा अध्यक्षमा निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका देवबहादुर पुनले १ हजार ९९५ मत प्राप्त गरे।
यस्तै उपाध्यक्षमा निर्वाचित छन्त्यालले २ हजार ७६८ मत प्राप्त गरेकी छन्। उनकी निकटतम प्रतिस्पर्धी माओवादीकी निशु रसाइलीले १ हजार ९५८ मत प्राप्त गरेकी छन्।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७