चितवनमा फेरि विवादः माओवादीले बदमासी गरेको भन्दै मच्चियो रडाको

चितवनमा फेरि विवादः माओवादीले बदमासी गरेको भन्दै मच्चियो रडाको

छाँयापाटी

@छाँयापाटी

२०७९ जेठ २ गते सोमबार ०९:२१

चितवन । माडी नगरपालिकाको मतगणना रोकिएको छ। माडीको वडा नम्बर ३ को बुथबाट मतपत्र ल्याउने क्रममा माओवादी केन्द्रले मत थपेको भन्दै एमाले बिरोधमा उत्रिएको छ। निर्वाचन अधिकृतको कार्यालय अघि आतबार राति नाराबाजी भएको छ। अहिले सर्वदलीय...

चितवन ।

माडी नगरपालिकाको मतगणना रोकिएको छ। माडीको वडा नम्बर ३ को बुथबाट मतपत्र ल्याउने क्रममा माओवादी केन्द्रले मत थपेको भन्दै एमाले बिरोधमा उत्रिएको छ।

निर्वाचन अधिकृतको कार्यालय अघि आतबार राति नाराबाजी भएको छ। अहिले सर्वदलीय बैठक बस्ने तयारी भइरहेको जनाइएको छ ।

चितवनको माडीमा नेकपा एमालेबाट ताराकुमारी काजी महतो र नेकपा माओवादी केन्द्रबाट ऋषिराम काफ्लेलगायत चुनावी प्रतिस्पर्धामा छन्।

उक्त नगरपालिकाको जारी मतगणनामा एमालेले अग्रता बनाइरहेको छ। एमाले उम्मेदवार महतोले १८ सय ७८ मत पाउँदा माओवादी उम्मेदवार काफ्लेले १७११ मत पाएका छन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेको सूर्यविनायक नगरपालिका वडा नं २ मा नेपाली काँग्रेस विजयी भएको छ । आइतबार सम्पन्न निर्वाचनमा सो वडाको प्यानलसहित नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका हुन् ।

ओलीको घर समेत रहेको बालकोट सूर्यविनायक नगरपालिका वडा नं २ मा पर्छ । सो वडामा नेपाली काँग्रेसका प्रदीप कार्कीको प्यानल १ हजार ५११ मत प्राप्त गर्दै विजयी भएको हो ।

उनको निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका तर्फबाट विश्वराज विष्टले १ हजार ३०५ मत प्राप्त गरे।Source-galaxykhabar

प्रकाशित मिति २०७९ जेठ २ गते सोमबार ०९:२१
प्रतिक्रियाहरु