६८ मतले पछि परिन् रेनु दाहाल, १३७६५ मत गणना सकियो

६८ मतले पछि परिन् रेनु दाहाल, १३७६५ मत गणना सकियो

छाँयापाटी

@छाँयापाटी

२०७९ जेठ २ गते सोमबार ०४:०४

भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रबाट मेयर पदकी उम्मेदवार रेनु दाहाल अर्का उम्मेदवार एमाले विजय सुवेदी भन्दा ६८ मतले पछि परेकी छन् । महानगरपालिकामा १३७६५ मत गणना सम्पन्न हुँदा उनले ४६२० मत पाएकी छन् भने सुवेदीले  ४६८८...

भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रबाट मेयर पदकी उम्मेदवार रेनु दाहाल अर्का उम्मेदवार एमाले विजय सुवेदी भन्दा ६८ मतले पछि परेकी छन् ।

महानगरपालिकामा १३७६५ मत गणना सम्पन्न हुँदा उनले ४६२० मत पाएकी छन् भने सुवेदीले  ४६८८ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २०७४ मत पाएका छन् ।

यसैगरी उपमेयरमा काँग्रेसका  चित्रसेन अधिकारीले ५४८२ मत पाउँदा राप्रपाकी  हिमला गुरुङले ३७२५ मत पाएकी छन् ।

भरतपुर महानगरपालिकाको प्रमुख (मेयर) पदमा पाँच दलीय गठबन्धनकी साझा उम्मेदवार रेणु दाहाललाई पछि पार्र्दै नेकपा एमालेका विजय सुवेदीले अग्रता लिइरहेका छन् ।

सोमबार भरतपुर महानगरपालिकामा १३५६५ मत गणना हुँदा मेयरमा सुवेदीले ४६२५ मत ल्याउँदा दहालले ४५५२ र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २०४० मत ल्याएका छन् ।

उपप्रमुख (उपमेयर) तर्फ गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीको अग्रता रहेको छ । उनले ५३९५ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (रप्रपा) की हिमला गुरुङले ३६७९ मत पाएकी छन् ।

 

प्रकाशित मिति २०७९ जेठ २ गते सोमबार ०४:०४
प्रतिक्रियाहरु