मैले देशका सन्ततीहरूलाई आफ्नो सन्तान ठानेको छु : प्रम ओली

मैले देशका सन्ततीहरूलाई आफ्नो सन्तान ठानेको छु : प्रम ओली

छाँयापाटी

@छाँयापाटी

२०७७ माघ ८ गते बिहिबार ०४:२९

काठमाडौँ, ८ माघ -:  प्रधानमन्त्री केपी शर्मा ओलीले देशका सन्ततीहरू नै आफ्नो सन्तती रहेका बताएका छन् । आज प्रेस संगठनले आयोजना गरेको भेलामा नेकपाका अध्यक्षसमेत रहेका ओलीले आफुलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘निःशन्तान’ भनेका...

काठमाडौँ, ८ माघ -:  प्रधानमन्त्री केपी शर्मा ओलीले देशका सन्ततीहरू नै आफ्नो सन्तती रहेका बताएका छन् । आज प्रेस संगठनले आयोजना गरेको भेलामा नेकपाका अध्यक्षसमेत रहेका ओलीले आफुलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘निःशन्तान’ भनेका प्रति पनि आक्रोश व्यक्त गर्दै उनले देशका सन्ततीहरू नै आफ्नो सन्तती रहेकाले ‘निःसन्तान’ हुनुमा हर्ष न विस्मातको अवस्था रहेको बताएका हुन ‘।

उनले भने, मैले त देशका सन्तानहरूलाई आफ्नो सन्तान ठानेको छु । त्यसमा हर्ष न विस्मात ! तर, उहाँ (प्रचण्ड) ले त मेरा सन्तान छन् । छोरीहरू छन्’ । ज्वाइँ छन् ‘। उनीहरूका लागि केही त गर्नै पर्‍यो भन्दै हुनुहुन्छ ।

उनले नेकपा रातो झन्डा फहराउने भएको प्रतीकात्मक सन्देश दिएका दिदै भने,हामी राता झन्डा फहराउनेवाला हौँ । पेरिसडाँडामा जस्तो काला झन्डा फहराउने होइनौँ । कालो बेलुन उडाउने होइनौं ‘। हामी रातै बेलुन, रातै झन्डा फहराउने हौँ ।

उनले सामाजिक न्यायका पक्षमा, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रलाई कुबाटोमा लैजान नदिने प्रयासमा सरकार र नेकपा लागिपरेको पनि बताएका छन्’ ।

हामी धेरै जिम्मेवारी, उत्तरदायीपूर्ण ढंगले लडिरेहका छौँ, उनले भने, हामीले हाम्रो कर्तव्य ठीक ढङ्गले ठम्याएका छौँ- समृद्ध नेपाल सुखी नेपाली । अधिकार-सम्पन्न, अवसरसम्म पुग्न पाउने, पहुँचमा पुग्ने, निर्भय समाजको आवश्यकता छ । हामीले यसलाई राष्ट्रिय आकाङ्क्षा भनेका छौँ । यो विश्वकै आवश्यकता हो’ ।

प्रकाशित मिति २०७७ माघ ८ गते बिहिबार ०४:२९
प्रतिक्रियाहरु