केशव स्थापित र सिर्जना सिंह मेयर बन्ने सम्भावना समाप्त, यी हुन् जबर्जस्त तथ्य र आधार !

केशव स्थापित र सिर्जना सिंह मेयर बन्ने सम्भावना समाप्त, यी हुन् जबर्जस्त तथ्य र आधार !

छाँयापाटी

@छाँयापाटी

२०७९ जेठ २ गते सोमबार ११:३५

काठमाडौं । काठमाडौं महानगरको भावी मेयर को बन्ला भन्ने चासो चौतर्फी बढेको छ । काठमाडौंमा यतिखेर दलका उम्मेदवारको हावागोल गरिरहेका स्वतन्त्र उम्मेदवार बालेन शाह काठमाडौंको मेयर बन्ने रुझान मात्र देखिएको छैन् काठमाडौंको मेयर...

काठमाडौं ।

काठमाडौं महानगरको भावी मेयर को बन्ला भन्ने चासो चौतर्फी बढेको छ । काठमाडौंमा यतिखेर दलका उम्मेदवारको हावागोल गरिरहेका स्वतन्त्र उम्मेदवार बालेन शाह काठमाडौंको मेयर बन्ने रुझान मात्र

देखिएको छैन् काठमाडौंको मेयर बालेन नै चुनिने तथ्य र आधारहरु समेत रहेका छन् । काठमाडौंको मेयरमा दलका प्रमुख उम्मेदवारबीच दोस्रो स्थानका लागि टक्कर हुने देखिएको छ ।

काठमाडौं महानगरको मतगणना अघि बढ्दै जाँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रता बढाउँदै लगेका छन्।

प्रारम्भिक मतपरिणामसँगै शाहले मेयर जित्न सक्ने चर्चा आममानिसबीच सुरू भएको छ। मुख्य पार्टीका नेताहरू भने अहिले नै निष्कर्षमा पुग्न नमिल्ने तर्क गरिरहेका छन्।

एमालेका मेयर उम्मेदवार केशव स्थापितले त अन्तिम परिणाम आउँदा आफूले नै जित्ने र शाह तेस्रो हुने दाबी गरेका छन्। आइतबार उनले भनेका थिए, ’जित्ने मैले नै हो, यत्ति लेखेर राख्नुस्। यसमा सन्देह नगर्नुहोस्। बालेन तेस्रो हो।’

मतगणना भित्री सहर प्रवेश नभएसम्म राय बनाउन जरूरी नभएको उनले बताए। स्थापितले कांग्रेस उम्मेदवार सिर्जना सिंहको पनि मत बढ्ने उल्लेख गरे। उनले आफ्नो मत बढ्ने दाबी गर्दै केही घन्टा कुर्न आग्रह पनि गरे।

काठमाडौं महानगरकी निवर्तमान उपमेयर तथा कांग्रेस नेता हरिप्रभा खड्गीले पनि प्रारम्भिक परिणामका आधारमा अहिले नै निष्कर्ष निकाल्न नमिल्ने तर्क गरिन्। उनले आइतबार भनेकी थिइन्,

’१ लाख ८० हजारभन्दा बढी मत गन्नै बाँकी छ। भर्खर ५–६ हजार गणना भयो। अहिले नै यही हुन्छ भन्न सकिन्न।’

सिर्जना सिंहको मत पछि गएर बढ्ने दाबी गर्दै खड्गीले भनिन्, ’वडा नम्बर १४, १५, १६ र १८ बाट असर देखिनेछ।’ बाक्लो नेवार बस्ती रहेको काठमाडौंको ’कोर एरिया’ नछिरेसम्म अन्तिम परिणामबारे भन्न नसकिने उनले जिकिर गरेकी छन्।

के साँच्चै काठमाडौं मेयरको मतपरिणामबारे अहिले नै निष्कर्षमा पुग्ने बेला भएको छैन? अहिले १ देखि ६ सम्मका वडा र ३१–३२ नम्बर वडा गरी आठवटा वडाको मतगणना जारी छ।

नेपालको चर्चित अनलाइन समाचार पोर्टल सेतोपाटी डटकमले मतगणना सुरू हुनुअघि नै स्वतन्त्र उम्मेदवार बालेन शाह काठमाडौंका मेयर चुनिने छन् भनेर प्रक्षेपण गरेको थियो।

अहिलेसम्मको मतगणनाको ’ट्रेन्ड’ ले हाम्रो प्रक्षेपणलाई नै पछ्याएको छ। थप वडाहरूको मतपरिणाम आउँदा पनि बालेन शाह नै अगाडि हुनेछन्। उनले अब एकपटक पनि अर्को

उम्मेदवारभन्दा पछि नपरी मेयरमा जित्नेछन्। महानगरका केही क्षेत्रमा मात्रै मुख्य दलका उम्मेदवारले बालेनभन्दा धेरै मत ल्याउने छन्। अधिकांश वडामा बालेन शाहकै धेरै मत आउने छ।

हामीले शुक्रबार मतदानका दिन काठमाडौंका ३२ वटै वडाका १५० वटा बुथमा पुगेर भोट हालेर आएका १३५० जना मतदातासँग कुरा गरेका थियौं। ती मतदातासँगको कुराकानीका आधारमा हामीले शाहले जित्ने प्रक्षेपण गरेका हौं।

भित्री नेवार बस्ती भएका काठमाडौंका १२ वटा वडा (१६ देखि २७ सम्म) पुगेपछि मतपरिणाम उल्टिने केशव स्थापितको आशा देखिन्छ। कांग्रेसको आशा पनि भित्री नेवार बस्तीमै टिकेको छ।

भित्री बस्तीका १४, १५, १६ र १८ नम्बर वडामा कांग्रेसकी सिर्जना सिंहको मत धेरै आउने कांग्रेसले विश्वास गरेको छ। प्रकाशमान सिंह र गगन थापाको निर्वाचन क्षेत्र रहेका काठमाडौंका वडामा

सिंहको धेरै मत आउने पनि कांग्रेसीहरूलाई आस छ। वडा नम्बर १०, ११, २९ र ३१ प्रकाशमान सिंहको निर्वाचन क्षेत्रमा पर्छन् भने १, ७, ८ र ३० गगन थापाको क्षेत्रमा पर्छन्।

एमाले र कांग्रेसले एउटा कुरा राम्ररी मनन गर्न सकेको छैनन्– यी दुई पार्टीका परम्परागत मत नै बालेन शाहले लैजाने हुन्। त्यसैले हाम्रो प्रभाव क्षेत्रमा मतगणना गर्न थालेपछि हामी जित्छौं भन्ने उनीहरूको दाबीको कुनै अर्थ छैन।

उदाहरणका लागि, काठमाडौंमा मतगणना भइरहेका वडा नम्बर १ देखि ६ र ३१–३२ सबैमा गएको चुनावमा एमालेले वडाध्यक्ष जितेको थियो। तर यी सबै वडामा बालेन शाहले स्थापित

र सिंहको भन्दा धेरै मत ल्याएका छन्। अन्तिम परिणाम आइसकेका १ र २ वडामा यसपालि पनि वडाध्यक्ष एमालेले नै जितेको छ। मेयरमा भने स्थापितले बालेनको भन्दा आधा मत मात्रै पाएका छन्।

जहाँसम्म भित्री नेवार बस्ती रहेका १२ वटा वडाको प्रश्न छ, त्यहाँ पनि एमाले र कांग्रेसले आशा गरेजस्तो उनीहरूको बेपत्ता धेरै भोट आउँदैन। त्यहाँ पनि उनीहरूले दाबी गरेजत्तिको कमजोर बालेन शाह छैनन्। पक्कै पनि कोर सिटीका कतिपय ठाउँमा स्थापितको धेरै भोट आउँछ। हाम्रो अध्ययनले पनि त्यही देखाउँछ।

प्रकाशित मिति २०७९ जेठ २ गते सोमबार ११:३५
प्रतिक्रियाहरु