ओलीको स्वास्थ्यमा समस्या, अवस्था बारे के भन्छन ओलीको सचिवालय ?

ओलीको स्वास्थ्यमा समस्या, अवस्था बारे के भन्छन ओलीको सचिवालय ?

छाँयापाटी

@छाँयापाटी

२०७९ जेठ ४ गते बुधबार ०८:४९

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ। ओलीको सचिवालयका अनुसार उनको दाँतमा समस्या देखिएको हो। स्वास्थ्य समस्या भएकै कारण ओली मंगलबार मदन भण्डरी र जीवराज आश्रितको स्मृति दिवसमा आयोजित...

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ। ओलीको सचिवालयका अनुसार उनको दाँतमा समस्या देखिएको हो।

स्वास्थ्य समस्या भएकै कारण ओली मंगलबार मदन भण्डरी र जीवराज आश्रितको स्मृति दिवसमा आयोजित कार्यक्रममा सहभागी भएका थिएनन्। दिउँसो उनी संसद बैठकमा पनि अनुपस्थित थिए।

चुनावी व्यस्तताका कारण उपचारका लागि नगएका ओलीलाई समस्या बढ्दै गएपछि मंगलबार अस्पताल गएको ओलीको सचिवालयले जनाएको छ।

चुनाबको बेलामा बालेनले लगाएको चस्माको मूल्य कति ?
काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन शाहले लगाएको चस्मा भाइरल भएको छ।

महानगरको मेयरमा बालेनले निरन्तर अग्रता बनाइरहेको अवस्थामा उनको चस्मा भाइरल भएको हो।अहिले अनलाइनकम्पनीहरुले ‘बालेन दाईको चस्मा’ नाम दिएर चस्मा बिक्रीको नयाँ फण्डा निकालेका छन् ।

बालेनले लगाउने चस्माको बजारमा पनि उच्च माग रहेको बताइन्छ । चर्चित इकमर्श कम्पनी ग्यापू मार्केट प्लेसले पनि बालेनले लगाउने चस्मालाई बालेन दाइको चस्मा नाम दिएर विक्रीका लागि समाजिक सञ्चारमा राखेको छ ।

ग्यापूले यो चस्माको मूल्य ८९९ तोकेको छ । बजारमा यो चस्माको मूल्य ९ सयदेखि माथि रहेको छ ।

भरतपुरको ६ नम्बर वडाले देखाइदियो अचम्मको परिणाम
भरतपुर महानगरपालिकाको वडा नम्बर ६ को मतगणनाले प्रमुख दलका उम्मेदवारलाई चकित बनाइदिएको छ।

यो वडाको मत गणना सुरु गर्नुअघि माओवादीकी रेणु र एमालेका विजय सुवेदीको मतान्तर ३७३ थियो। त्यो वडामा मात्र गठबन्धनकी रेनु दाहालले एमालेका विजय सुवेदीले भन्दा ३४४ भोट बढी ल्याएकी थिइन्।

५ नम्बरमा २ सय सम्मले लिड गर्ने अनुमान रेणुको थियो। तर, ३ सय भन्दा बढीले लिड गरिन्। यसलाई उनी आफैंले नसोचेको परिणाम आएको बताइरहेकी छन्।

वडा नम्बर ६मा उनलाई कसैले नसोचेको भोट दिएको छ। अघिल्लो निर्वाचनमा पनि यहाँबाट दाहालले एमालेका देवीप्रसाद ज्ञवालीले भन्दा ८७६ भोट बढी ल्याएकी थिइन्।

तर यसपटकको भोटको ट्रेन्ड हेर्दा कांग्रेसको प्रभाव बढी रहेको क्षेत्रमा धेरै भोट बागी उम्मेदवार जगन्नाथ पौडेलले ल्याउँदै आएका थिए।एक–दुई सयले त पक्कै लिड होला रेणुको अनुमान थियो। तर, यो वडामा दाहालले सुवेदीले भन्दा १ हजार ३३९ भोट बढी ल्याइन्।एमालेले वडा नम्बर १०, ११ र १२ लाई आफ्नो सबैभन्दा बढी प्रभाव रहेको वडाहरु मान्ने गरेको छ।

 

प्रकाशित मिति २०७९ जेठ ४ गते बुधबार ०८:४९
प्रतिक्रियाहरु