जब मतगणनास्थलमा रहेका यी कर्मचारीले बालेन शाहको १० हजार मत घटाइदिएको खुलासा

जब मतगणनास्थलमा रहेका यी कर्मचारीले बालेन शाहको १० हजार मत घटाइदिएको खुलासा

छाँयापाटी

@छाँयापाटी

२०७९ जेठ ५ गते बिहिबार ०१:०८

काठमाडौं । यतिबेला काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन साह बुलेट रेलको रफ्तारमा अग्रता कायम गरिरहेका छन् । उनी काठमाडौंको मेयर बन्ने सम्भावना ह्वात्तै बढेर गएको छ । मतपरिणामको अपडेट अपडेटमा बालेन समर्थकहरु आतुर बनेका छन्...

काठमाडौं ।

यतिबेला काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन साह बुलेट रेलको रफ्तारमा अग्रता कायम गरिरहेका छन् । उनी काठमाडौंको मेयर बन्ने सम्भावना ह्वात्तै बढेर गएको छ । मतपरिणामको अपडेट अपडेटमा बालेन समर्थकहरु आतुर बनेका छन् ।

यसैबीच, काठमाडौं महानगरपालिकाले राष्ट्रियसभा गृहमा जारी मतगणनाको मतपरिणाम बेलाबेला जानकारी गराउने गरेको छ । अध्यावधिक मतपरिणाम मुख्य निर्वाचन अधिकृतको कार्यालयले भर्चुअल माध्यममार्फत बुलेटिनकै रुपमा सार्वजनिक गर्ने गर्छ ।

बुधबार ‘२६ औं मत परिणाम सार्वजनिक’ गर्न आयोजित प्रेस ब्रिफिङमा सूचनादाता चिप्लिँदा केही असहज अवस्था बन्न पुग्यो ।हालसम्म गणना भएको मतको विवरणबारे जानकारी दिन उपस्थित थिए, मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना प्रविधि सहायक गोविन्द झा ।

उनले मत परिणाम गलत बाचन गरिदिएपछि गणना सुन्न उपस्थितहरु अन्योलमा देखिए । उनले लौरो चुनाव चिह्नमा चुनाव लडेका बालेन्द्र शाहले ८ हजार ३७ मत मात्रै पाएको भनिदिए ।

लगातार मेयर र उपमेयर पदको मतपरिणाम सार्वजनिक गरेपछि बिदाबारी भइसकेका उनलाई अन्तिम समयमा कसैले बालेनको १० हजार मत कम बाचन भएको भनेर भनेपछि सच्याए ।

उनले भने, ‘अघि प्रशारण भएको मेयर पदको उम्मेदवार मध्ये लौरो पदको १८ हजार ३७ हुनुपर्नेमा अन्यथा हुन गएकाले लौरोको हालसम्मको मत परिणाम १८ हजार ३७ रहेको हो ।Source-galaxykhabar

प्रकाशित मिति २०७९ जेठ ५ गते बिहिबार ०१:०८
प्रतिक्रियाहरु