प्रचण्ड र माधवलाई चक्मा दिँदै योगेश भट्टराई ओली समुहमा प्रवेश गर्ने तयारी

प्रचण्ड र माधवलाई चक्मा दिँदै योगेश भट्टराई ओली समुहमा प्रवेश गर्ने तयारी

छाँयापाटी

@छाँयापाटी

२०७७ माघ ९ गते शुक्रबार १०:५३

काठमाडौं - प्रचण्ड र माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराई प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपामा प्रवेशको तयारी गरेका छन् । सर्वोच्च अदालतको फैसला आउनेवित्तिकै भट्टराई प्रधानमन्त्री ओलीको...

काठमाडौं – प्रचण्ड र माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराई प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपामा प्रवेशको तयारी गरेका छन् ।

सर्वोच्च अदालतको फैसला आउनेवित्तिकै भट्टराई प्रधानमन्त्री ओलीको समूहमा जाने तयारी गरेको स्रोतले जनाएको छ ।भट्टराईले आफू निकटका केही नेताहरूसँग ओली समूहमा जानेबारेमा छलफल गरेको एक नेताले बताएका छन् ।

प्रधानमन्त्री ओलीले एउटा सार्वजनिक कार्यक्रममा भट्टराईलाई आफूले जिताएर ल्याएर मन्त्री बनाएको बताएका थिए ।ओली असन्तुष्ट भएपछि भट्टराईले प्रचण्ड–माधव समूह छाडेर ओली समूहतिर जाने विषयमा छलफल चलाएका हुन् ।

योगेश भट्टराई भन्छन्- राजनीतिमा मध्यमार्ग हुँदैन, मत दिने बेला भाग्दिनँ

पर्यटन मन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य योगेश भट्टराईले राजनीतिमा मध्यमार्ग नहुने बताएका छन्।नेकपा भित्रको विवादबारे  आवश्यक परेको बेलामा एकतिर उभिनै पर्ने बताए।

‘हामीजत्तिको मान्छेले के भन्नुपर्छ भने राजनीति प्रष्ट हुन्छ। राजनीतिमा कहाँ हुन्छ मध्यमार्ग? तपाईं कहिँ न कहिँ उभिनै पर्छ,उनले भने,तर त्योभन्दा पहिले जब अनावश्यक ढंगले कहीँ उभिने पर्ने अवस्था आउँदैन भने किन उभिने? पार्टीको निर्णायक बेलामा आफ्नो मत जाहेर गर्ने क्रममा हामी भाग्दैनौं।

अहिले शीर्ष नेताहरूबीच अन्तरविरोध भएको भन्दै उनले समस्याको समाधान माथिबाटै गरिनु पर्ने बताए। सांसदहरूलाई हस्ताक्षरमा उभ्याउनु, सडकमा एक-अर्काका पक्षमा नाराबाजी गर्नु गलत रहेको भट्टराईको भनाइ छ।

हिजो पार्टी एकता गर्ने क्रममा पार्टीका माथिल्लो तहका नेताहरूको समझदारीमा जिम्मेवारी र पद विभाजन भएको हो। त्यसमै समस्या छ भने तलका नेता,कार्यकर्तालाई किन साक्षी बकाउने?

उनले भने,हिजो दुई अध्यक्ष बन्ने बेलामा कोही साक्षी बकेन। आज किन कार्यकर्ता विभाजन हुने? यसमा हाम्रो तहबाट केही गर्न सकिन्छ भने हामी तयार छौं।

प्रकाशित मिति २०७७ माघ ९ गते शुक्रबार १०:५३
प्रतिक्रियाहरु