प्रचण्डले ओलीलाई सोधे: मान्छे मारेर जेल बसेको होइन र ?

प्रचण्डले ओलीलाई सोधे: मान्छे मारेर जेल बसेको होइन र ?

छाँयापाटी

@छाँयापाटी

२०७९ जेठ १५ गते आईतबार ०४:५१

काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्ति प्रकृयाको मर्मविपरीत अभिव्यक्ति दिएको आरोप लगाएका छन् । संसदमा जारी नीति तथा कार्यक्रममाथिको...

काठमाडौं

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्ति प्रकृयाको मर्मविपरीत अभिव्यक्ति दिएको आरोप लगाएका छन् ।

संसदमा जारी नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रचण्डले ओलीले निर्वाचनको विषयलाई लिएर शान्ति प्रकृयाको मर्मविपरीत धारण राख्ने गरेको बताएका हुन् ।

नीति तथा कार्यक्रमको छलफलका क्रममा ओलीले जनयुद्धसँग जोडिएका विषय जोडेर राखेका धारणाप्रति असहमित जनाउँदै प्रचण्डले यस्तो आरोप लगाएका हुन् ।

प्रचण्डले भने– ‘हामी यहाँ त्यसै छैनौं । शान्ति सम्झौताका कारण यहाँ छौं । यो समान्य कुरा होइन । ओलीजीले जे विषय राख्नु भयो त्यो शान्ति प्रकृयाको

मर्मविपरीत छ । मान्छे मारेको, बोरामा कोचेको जस्ता विषय के हो रु यो शान्ति प्रकृयाको मर्मविपरीत छ ।’ प्रचण्डले ओलीलाई ‘मान्छे मारेर जेल बसेको होइन रु’ भनेर प्रश्न गर्दा के हुन्छ भनेर प्रश्न समेत गरेका छन् ।

प्रचण्डले भने– ‘शान्ति प्रकृयाको मर्मविपरीत बोल्नेलाई हिजो मान्छे मारेर जेल बसेको होइन रु भन्दै प्रश्न गर्दा के हुन्छ रु त्यो ठिक हुन्छ त रु त्यो ठिक हुँदैन । तर, आज जसरी प्रस्तुत हुनु भएको छ त्यो ठीक होइन ।

केपी शर्मा ओलीलाई झापा बिद्रोहका क्रममा एक व्यक्तिको हत्या गरेको आरोप लाग्ने गरेको छ । प्रचण्डले यसै विषय संसदमा उठाएका हुन् ।

 

प्रकाशित मिति २०७९ जेठ १५ गते आईतबार ०४:५१
प्रतिक्रियाहरु