लेतेमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो सम्पर्क विहीन भएको ताराको जहाज

लेतेमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो सम्पर्क विहीन भएको ताराको जहाज

छाँयापाटी

@छाँयापाटी

२०७९ जेठ १५ गते आईतबार १२:०४

पोखराबाट जोमसोमका लागि उडेर सम्पर्क विहीन भएको जहाज मुस्ताङको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि रानाका अनुसार मुस्ताङको लेतेमा जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।...

पोखराबाट जोमसोमका लागि उडेर सम्पर्क विहीन भएको जहाज मुस्ताङको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि रानाका अनुसार मुस्ताङको लेतेमा जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । यस विषयमा थप जानकारी आउन बाँकी छ ।

तारा एयरको ९ एनएईटी ट्विनअटर विमान पोखराबाट बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको थियो । उडेको केही मिनेटमै जहाज सम्पर्क विहीन भएको थियो ।

यो पनि हेर्नुस -काठमाडौँ – आइतबार बिहान पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको विमान मुस्ताङको लेते आसपास क्षेत्रमा दुर्घटना भएको छ। चालक दलका तीन सदस्यसहित २२ जना बोकेको विमान आइतबार बिहान दुर्घटना भएको हो।

यात्रुहरूको सूचीमा ४ भारतीय र २ जर्मन नागरिक पनि रहेका छन्।

पोखराबाट जोमसोम उडेको विमान सम्पर्कविहीन भएको थियो। विमान आइतबार बिहान करिब ९ः५० बजे पोखरा विमानस्थलबाट जोमसोमका लागि उडेको थियो।

विमानलाई सिनियर पाइलट क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए। उनीसँगै सह-पाइलट उत्सव पोख्रेल र एयरहोस्टेज क्रिस्मी थापा रहेका छन्।

यात्रु तथा चालक दलका सदस्यहरूको स्वास्थ्य स्थितिबारे आधिकारिक जानकारी आएको छैन।

पोखरा विमानस्थल स्रोतका अनुसार करिब २० मिनेटमा जोमसोम अवतरण गर्नुपर्ने जहाज एक सम्पर्कविहीन भएको थियो।

प्रकाशित मिति २०७९ जेठ १५ गते आईतबार १२:०४
प्रतिक्रियाहरु