काठमाडौं, ९ माघ – प्रतिनिधि सभा विघटनसम्बन्धी सूचना राजपत्रमा प्रकाशन नभएको भन्दै बिहिबारको संवैधानिक इजलासमा प्रश्न उठ्यो´ ।
सूचना प्रकाशन नभएको विषय उठेपछि सर्वोच्च अदालतमा सरकारका तर्फबाट पेस गर्न भनिएकोमा नभएपछि न्यायाधीश अनिलकुमार सिन्हाले खोज्न लगाए ।´
राजपत्र नभेटिएपछि रातारात छापिएको थियो´ । ५ पुसको मिति राखेर राजपत्रमा प्रतिनिधि सभा विघटनको विषय छापिएको छ´ । वेवसाइटमा पनि राखिएको छ ´। हिजोसम्म राजपत्रमा प्रिन्ट कपी नभएको र वेवसाइटमा पनि नराखिएकोमा सर्वोच्च अदालतमा प्रश्न उठेपछि रातारात नै उक्त कार्य गरिएको छ´ ।
शुक्रबार महान्यायाधिवक्ता अग्नि खरेलले संवैधानिक इजलाशमा राजपत्रको सूचना पेश गरेका छन्´ । राजपत्रमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन र पहिलो र दोस्रो चरणको चुनावको घोषणा तोकिएको सूचनाबारे उल्लेख छ´ ।
प्रकाशित मिति २०७७ माघ ९ गते शुक्रबार ०२:२९