देशको लागि आशाको किरण बनेका बालेनलाई असफल बनाउन सिंगो सरकार पछी लाग्यो, यतिसम्म गर्न थालेपछी देश निराशाको बाटोमा !

देशको लागि आशाको किरण बनेका बालेनलाई असफल बनाउन सिंगो सरकार पछी लाग्यो, यतिसम्म गर्न थालेपछी देश निराशाको बाटोमा !

छाँयापाटी

@छाँयापाटी

२०७९ जेठ ३१ गते मङ्गलबार १०:१८

राजनीतिमा निराशाका बीच आशाको किरण बनेर उदाएका काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई असफल बनाउन सिंगो बागमती सरकार हात धोएरै लागेको छ । वागमती प्रदेश सरकारले कुनै पनि हालतमा बञ्चरेडाँडामा काठमाडौंको फोहोर फाल्न नदिने बताएको...

राजनीतिमा निराशाका बीच आशाको किरण बनेर उदाएका काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई असफल

बनाउन सिंगो बागमती सरकार हात धोएरै लागेको छ । वागमती प्रदेश सरकारले कुनै पनि हालतमा बञ्चरेडाँडामा काठमाडौंको फोहोर फाल्न नदिने बताएको हो ।

अहिले काठमाडौंको फोहोरको विषयलाई लिएर बागमती प्रदेश सरकार र काठमाडौं महानगरपालिकाबिच ‘टसल’ को अवस्था

देखिएको छ । हिजो बाग्मती प्रदेशले आयोजना गरेको अभिमुखीकरण कार्यक्रमपछि महानगरपालिका र प्रदेश सरकारबीच तनाव सुरु भएको हो ।

प्रदेश सरकारका अर्थमन्त्रीले काठमाडौंको फोहोर अरू पालिकामा फाल्न नपाउने बताएपछि असन्तुष्ट भएर मेयर साह

कार्यक्रम नै छोडेर हिँडेका थिए । उनले अभिमुखीकरण कार्यक्रममा काठमाडौं महानगरलाई गाली मात्रै गरिएको आरोप लगाएका छन् ।

दुई दिने अभिमुखीकरण कार्यक्रम आज समापन भएको छ । उद्घाटनको दिन कार्यक्रम छोडेर हिँडेका काठमाडौंका मेयर र

उपमेयर दोस्रो दिन सहभागी भएनन् । यो प्रदेशका आर्थिक माामिला तथा योजना मन्त्री सालिकराम जमकट्टेलले काठमाडौंको

फोहोरको भार अरू पालिकाले बोक्न नसक्ने जिकिर गरेका छन् । काठमाडौंका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोलकै

सामुन्ने जमकट्टेलले यस्तो बताएका हुन् । जनप्रतिनिधिहरूलाई अभिमुखीकरण गर्ने कार्यक्रममा अर्थमन्त्री जमकट्टेल भने काठमाडौं महानगरमाथि खनिए ।

उनले एउटा पालिकाले अर्को पालिकालाई हस्तक्षेप गर्न नमिल्ने भन्दै काठमाडौंका मेयरले बञ्चरेडाँडामा फोहोर फ्याँक्ने

विषयमा गरेको समझदारीप्रति असन्तुष्टि जनाए । जमकट्टेलले भने, ‘काठमाडौंवासीले गरेको फोहोरको जिम्मा धादिङ र

नुवाकोटका जनताले किन लिनुपर्ने ? यस्तो अब कदापि सैह्य हुँदैन । काठमाडौंले अब बञ्चरेडाँडामा फोहोर लैजान पाउँदैन ।’

यसैबीच, यो प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आफ्नै अर्थमन्त्रीको पक्षपोषण गरेर अभिव्यक्ती दिएका छन् । उनले बालेनलाई

खुइल्याएका छन् । उनले मेयर साहको विषयमा टिप्पणी गर्दै राजनीतिक व्यक्ति नभएकाले आलोचना सहने क्षमता नदेखिएको

बताए । पाण्डेले भने, ‘कसैले उहाँको विरोध गर्नै नपाउने, आलोचना गर्नै नपाउने भन्ने हुँदैन । त्यस्तो भयो भने त अर्को तानाशाही जन्मिहाल्छ नि । उहाँ त्यो बाटोमा जानु भएन । आलोचना सुन्न सक्ने क्षमता विकास गर्नुपर्छ ।’

अहिले देश नै बालेन्द्रमय भएको र उनको विषयमा केही बोल्नै नहुने माहोल बनाइएको भन्दै पाण्डेले चिन्ता व्यक्त गरे ।

‘उहाँलाई जनताले निर्वाचित गरेर मेयर बनाएका हुन् । केशव स्थापित र सिर्जना सिंहभन्दा केही बढी भोट ल्याएर उहाँले जित्नुभएको हो । त्यसैले आफूलाई सर्वोपरि ठान्नु हुँदैन,’ उनले भने ।

मेयर साहले आफ्नो घरमै आएर फोहोर व्यवस्थापनका बारेमा छलफल गरेको पनि पाण्डेले सुनाए । पाण्डेका अनुसार साहले

सेना परिचालन गरेर भए पनि काठमाडौंको फोहोर व्यवस्थापन गर्नुपर्ने प्रस्ताव गरेका थिए । ‘त्यसमा मैले सहमति जनाइनँ,’ उनले भने, ‘जनतामाथि सेना प्रयोग गर्न मिल्दैन र तपाईँ यस्तो बाटोमा नलाग्नुस् भनेर सुझाव दिएको हुँ ।’ source: praharnews

प्रकाशित मिति २०७९ जेठ ३१ गते मङ्गलबार १०:१८
प्रतिक्रियाहरु