पराजित हुने भएपछि टिकट फिर्ता लिएर हिँडेः माधव नेपाल

पराजित हुने भएपछि टिकट फिर्ता लिएर हिँडेः माधव नेपाल

छाँयापाटी

@छाँयापाटी

२०७९ असार १ गते बुधबार ०४:२९

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गत स्थानीय निर्वाचनमा विजय हुने सम्भावना नदेखेपछि सिफारिस भएकाले समेत उम्मेदवारी फिर्ता लिएर हिँड्दा पार्टीले उल्लेख्य सिटमा विजय हासिल गर्न नसकेको गुनासो गरेका छन् । मंगलबारदेखि...

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गत स्थानीय निर्वाचनमा विजय हुने सम्भावना नदेखेपछि सिफारिस भएकाले समेत उम्मेदवारी फिर्ता लिएर हिँड्दा पार्टीले उल्लेख्य सिटमा विजय हासिल गर्न नसकेको गुनासो गरेका छन् ।

मंगलबारदेखि जारी स्थायी कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष नेपालले आफूले उम्मेदवारी नपाएपछि पार्टी निर्णयको विरोध गर्ने र पार्टी नै छाडेर हिँड्ने कामसमेत भएको भन्दै गुनासो गरेका हुन् ।

अध्यक्ष नेपालका अनुसार ७ वटा कारणले पार्टीले स्थानीय तहको निर्वाचनमा अपेक्षित मत ल्याउन नसकेको निष्कर्षसहित छलफलका लागि प्रतिवेदन पेस गरेका छन् ।

जसअनुसार पहिलो गठबन्धन भई हाल्छ भने आफ्नो तयारीमा नलाग्ने, दोस्रो आफूलाई केन्द्रमा राखेर गठबन्धन गर्न चाहाने अर्थात हाम्रो संगठन जहाँ तुलनात्मक रुपमा बलियो छ

त्यहाँ लिन जोड गर्नुपर्ने, त्यस्तो नगरी व्यक्तिलाई केन्द्रमा राखेर सिट लिन चाहने कार्य स्थानीय पार्टी पंक्तिमा देखापरेको नेपालको भनाइ छ ।

Source-galaxykhabar

प्रकाशित मिति २०७९ असार १ गते बुधबार ०४:२९
प्रतिक्रियाहरु