अमेरिकाबाट आयो खुसीको खबर, एसपीपी बाटैबाट फिर्ता !

अमेरिकाबाट आयो खुसीको खबर, एसपीपी बाटैबाट फिर्ता !

छाँयापाटी

@छाँयापाटी

२०७९ असार ३ गते शुक्रबार ०८:०२

काठमाडौँ । नेपालीहरुलाई खुसीको खबर छ । नेपालकै अस्तित्वमाथि प्रस्न उठाउने स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बाटैबाट फिर्ता हुने भएको हो । शीर्ष नेताहरुका पछिल्ला प्रतिक्रिया हेर्दा यो सम्झौता गर्न इच्छुक कोही देखिदैनन् ।...

काठमाडौँ । नेपालीहरुलाई खुसीको खबर छ । नेपालकै अस्तित्वमाथि प्रस्न उठाउने स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बाटैबाट फिर्ता हुने भएको हो ।

शीर्ष नेताहरुका पछिल्ला प्रतिक्रिया हेर्दा यो सम्झौता गर्न इच्छुक कोही देखिदैनन् । (एसपीपी) अन्तर्गत प्रस्तावित सैन्य सम्झौता विवादमा परेपछि नेपालस्थित अमेरिकी दूतावासले नेपालले चाहे यो सम्झौता रद्द गर्न सक्ने जनाएको छ।

काठमाडौंस्थित अमेरिकी दूतावासले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी नेपालले एसपीपी सम्झौताबाट अलग हुन चाहेमा त्यसो गर्न सक्ने बताएको हो। ’कुनै पनि देशले एसपीपी कार्यक्रममा भाग लिन चाहँदैन भनेर अमेरिकालाई जानकारी दिन सक्छन्’, दूतावासले भनेको छ।

दूतावासले बुधबार नेपाललाई कुनै सम्झौता प्रस्ताव नगरिएको र त्यस्तो सम्झौता अस्तित्वमा नरहेको दाबी गरेको थियो। तर बिहीबारको बिज्ञप्तिमा उसले सम्झौता भइसकेको बताएको हो।

अहिले एसपीपीमा ९० देश आवद्ध रहेको दूतावासले जनाएको छ। तिमध्ये बेलारुसले सम्झौता रद्ध गरिसकेको छ। सम्झौताका लागि नेपालले नै सन् २०१५ र २०१७ मा पत्रमार्फत आग्रह गरेको अमेरिकी दूतावासले प्रेस बिज्ञप्तिमा जनाएको छ।

नेपालको आग्रहअनुसार अमेरिकाले सन् २०१९ मा एसपीपी स्वीकार गरेको विज्ञप्तिमा जनाइएको छ। नेपाली सेनाले हिजो एसपीपी अन्तरगत कुनै सम्झौता नभएको र अब पनि नहुने बताएको थियो।

तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले सन् २०१५ मा अमेरिकि राजदूतलाई लेखेको पत्र सार्वजनिक भएको छ। जसमा अमेरिकी एसपीपी अन्तर्गत दैवी विपद् लगायतका काममा अमेरिकी सेनाको सहयोगका लागि आग्रह गरिएको छ।

नेपालले नचाहेका कारण अहिलेसम्म एसपीपी अन्तर्गत नेपालमा कुनै पनि कार्यक्रम नभएको दूतावासले दाबी गरेको छ। ’एसपीपीअन्तर्गतका कुनै पनि क्रियाकलाप नेपालको स्वीकृतिमा मात्रै हुनेछन्,’ दूतावासले अगाडि भनेको छ।

 

प्रकाशित मिति २०७९ असार ३ गते शुक्रबार ०८:०२
प्रतिक्रियाहरु