रवि लामिछाने र राजेन्द्र लिङ्देनबीच गोप्य भेटवार्ता, के के भयो कुराकानी ? (सुन्दा सबै चकित)

रवि लामिछाने र राजेन्द्र लिङ्देनबीच गोप्य भेटवार्ता, के के भयो कुराकानी ? (सुन्दा सबै चकित)

छाँयापाटी

@छाँयापाटी

२०७९ असार ४ गते शनिवार ०६:०४

काठमाडौं । बहुचर्चित सञ्चारकर्मी रवि लामिछानेको राजनीतिक यात्रा कता र कसरी मोडिएला भन्ने आम चासो बढेको छ । नेपाली पत्रकारिता क्षेत्रमा नयाँ ट्रेण्ड बनाएका रवि लामिछानकै आसन्न संसदीय चुनाव रोचक हुने भएको हो । स्थानिय तहका कारण...

काठमाडौं ।

बहुचर्चित सञ्चारकर्मी रवि लामिछानेको राजनीतिक यात्रा कता र कसरी मोडिएला भन्ने आम चासो बढेको छ ।

नेपाली पत्रकारिता क्षेत्रमा नयाँ ट्रेण्ड बनाएका रवि लामिछानकै आसन्न संसदीय चुनाव रोचक हुने भएको हो ।

स्थानिय तहका कारण बालेन्द्र साह लगायतको उम्मेदवारीले रोचक बनेको स्थानिय तहको चुनाव यसपटक लामिछानेहरुका

कारण प्रतिक्षित बन्ने भएको छ । लामिछाने पत्रकारितालाई विट मार्दै राजनीतिमा होमिएका छन् । तर, उनले गर्ने राजनीतिको

रूपरेखा प्रस्ट भएको छैन । लामिछानेले आगामी प्रतिनिधिसभा चुनावमा उठ्ने तयारीसाथ टेलिभिजनको जागिर छाडेका हुन् ।

काठमाडौंको कुनै निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्ने उनको तयारी छ । तर, पार्टीबाट लड्ने कि स्वतन्त्र लड्ने भन्ने खुलाएका

छैनन् । आफूलाई विभिन्न पार्टीहरूबाट अफर आइरहेको तर निर्णय लिन बाँकी रहेको उनको भनाइ छ ।

लामिछाने कांग्रेस, एमाले र राप्रपाका विभिन्न तहका नेताहरूसँग संवादमा छन् । स्रोतका अनुसार उनको सबैभन्दा सघन र

गम्भीर छलफल चाहिँ राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसँग भइरहेको छ । लिङदेनले लामिछानेलाई भेटेरै आफ्नो पार्टीमा

आउन प्रस्ताव गरेको राप्रपानिकट स्रोतले बतायो । लामिछानेले उनको प्रस्ताव ठाडै अस्वीकार गरेको बुझिएको छ ।

लामिछानेका ससुरा उद्धव पौडेल हालै मात्र राप्रपा नेपाल त्यागेर राप्रपामा फर्किएका थिए । पौडेलकै मध्यस्थतामा लिङ्देन र

लामिछानेबीच संवाद जारी रहेको स्रोत बताउँछ । ‘अहिले पद वा जिम्मेवारीभन्दा पनि सैद्धान्तिक विषयमा छलफल भइरहेको छ,’ स्रोतले भन्यो ।

लामिछानेले अहिलेसम्म लिङ्देनलाई ग्रिन सिग्नल भने दिएका छैनन् । राजसंस्थाप्रति सदाशयता राख्ने भए पनि लामिछाने

आफूलाई ‘राजावादी’ का रूपमा चिनाउन चाहँदैनन् । संघीयताको खारेजी, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीजस्ता विषयमा राप्रपासँग उनको मत मिल्छ । धर्मनिरपेक्षताको विषयमा भने उनले आफूलाई खुलाएका छैनन् ।

रवि लामिछानेसँग निकट अभियन्ता ज्वाला सङ्ग्रौला केही समयअघि राप्रपामा प्रवेश गरेकी थिइन् । यस्तै अर्का चर्चित

अभियन्ता ज्ञानेन्द्र शाहीलाई पनि राप्रपा भित्रिएर प्रवक्ता बनेका छन् । यदि लामिछाने पनि आउन तयार भए पदाधिकारीमध्ये

कुनै प्रभावशाली पद दिन सकिने मनस्थितिमा छन् लिङ्देन । तर, अहिलेसम्मको कुराकानीमा ठोस प्रगति भएको छैन ।

लामिछानेका शुभचिन्तक तथा समर्थकहरूले उनलाई कुनै पार्टीमा नलागी स्वतन्त्र उम्मेदवारी दिन सुझाव दिइरहेका छन् ।

स्वतन्त्र लडेको खण्डमा काठमाडौं महानगरमा बालेन्द्र साहले ल्याएको जस्तै उभार ल्याउन सकिने समर्थकहरूको विश्वास छ ।

तर, लामिछाने भने स्वतन्त्र उठेर जिते पनि ठूलो भूमिका निभाउन नसकिने चिन्तामा छन् । काठमाडौंको मेयर आफैँमा

शक्तिशाली पद भएकाले स्वतन्त्र व्यक्तिले पनि धेरै काम गर्न सक्ने तर एक्लो सांसदले केही गर्न नसक्ने वास्तविकता उनले बुझेका छन् ।

रूपमा चर्चामा आएका व्यक्तिहरूलाई समेत समेटेर जाने उनको मनसाय छ । लामिछानेले आफ्नो भावी योजनाबारे आगामी ७ गते घोषणा गर्ने बताएका छन् । source: praharnews

प्रकाशित मिति २०७९ असार ४ गते शनिवार ०६:०४
प्रतिक्रियाहरु