काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको तेस्रो विस्तारित बैठकमा कुटाकुट भएको छ ।
नेतृत्व चयनप्रति असन्तुष्ट रहेका समूहले बैठक हलमा विधि विधान लागु गर भन्दै नाराबाजी गरेपछि दुई पक्षबीच...
काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको तेस्रो विस्तारित बैठकमा कुटाकुट भएको छ ।
नेतृत्व चयनप्रति असन्तुष्ट रहेका समूहले बैठक हलमा विधि विधान लागु गर भन्दै नाराबाजी गरेपछि दुई पक्षबीच कुटाकुट भएको हो । महासचिव दीपेश पुन झडप रोक्न आफै मैदानमा उत्रिए पनि विरोध र नाराबाजी भएको छ ।
असन्तुष्ट पक्षले तानाशाह चल्दैन भन्दै केन्द्रीय समिति बैठकलाई अवैध गुट बैठक भनेका छन् । संगठनले पवन कार्की लगायत समानान्तर कमिटी बनाउनेमाथि कारबाही गरेको छ ।
अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने भनिएको बैठकमा तनाव भएपछि उनी नजाने भएका छन् । कार्कीको समूहले हलमा नाराबाजी गरेको आरोप छ ।
विवादले उग्र रूप लिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले बल प्रयोग गरेर बैठक स्थल खाली गराएको छ ।महासचिव दीपेश पुनले बैठक सञ्चालन हुने बताए ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७