प्रचण्डलाई विश्वास गर्नु मेरो जीवनकै ठूलो भूल थियो भनेर बामदेव गौतमले गरे आत्मआलोचना!

प्रचण्डलाई विश्वास गर्नु मेरो जीवनकै ठूलो भूल थियो भनेर बामदेव गौतमले गरे आत्मआलोचना!

छाँयापाटी

@छाँयापाटी

२०७९ असार १२ गते आईतबार ०५:५४

नेकपा एकता राष्ट्रिय अभियान भनेर पुन केपी ओली र प्रचण्डलाई एक ठाउँमा ल्याउँनका लागी अभियान चलाइरहेका बामदेव गौतमले तत्कालिन अवस्थामा नेकपाका एक अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई विश्वास गर्नु आफ्नो ठूलो भूल रहेको भन्दै आत्मआलोचना...

नेकपा एकता राष्ट्रिय अभियान भनेर पुन केपी ओली र प्रचण्डलाई एक ठाउँमा ल्याउँनका लागी अभियान चलाइरहेका बामदेव गौतमले तत्कालिन अवस्थामा नेकपाका एक अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई विश्वास गर्नु आफ्नो ठूलो भूल रहेको भन्दै आत्मआलोचना गरेका छन् ।

तत्कालिन नेकपामा आफु ओली छोडेर प्रचण्ड तिर नलागेको भए पार्टीनै विभाजित हुने थिएन भन्दै गौतमले आत्मआलोचना गरेका छन् । प्रचण्डको विश्वास गरेर उनी तिर लाग्दा पार्टीनै विभाजनको तह सम्म पुगेको भन्दै गौतमले त्यस बेलाको आफ्नो भूमिका बारे पश्चाताप पनि गरेका छन् ।

शनिबार नेकपा एकता राष्ट्रिय अभियानको भेलामा बोल्दै गौतमले आफुलाई पार्टी फुट्‌ने कल्पनासमेत नभएर गुटमा लागेको बताए ।’मेरै कारणले तत्कालिन नेकपा पार्टी फुट्यो भन्ने आरोप लगाए । म गुटमा नलागेको भए पार्टी फुट्ने थिएनु गौतमले भने ‘मैले आत्मआलोचना गरेको छु । मलाई कल्पना पनि थिएन पार्टी फुट्‌छ भनेर ।’

पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव लैजाने भएपछि आफुले प्रचण्डको गुट पनि छाडेको उनले बताए । जहिले पनि आफु पार्टी एकताको पक्षमा रहेको भन्दै उनले प्रचण्डले आफ्नो इमान्दारीतालाई दुरुपयोग गरेको आरोप पनी लगाए ।

गौतमले तत्कालीन नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा केपी शर्मा ओलीले पार्टी एकता जोगाउन प्रधानमन्त्री पद छाड्ने अफर पुष्पकमल दाहाल प्रचण्ड समक्ष गरेको पनि खुलासा गरेका छन् दुई नेताबीच भएको भेटमा आफू पनि पुगेको र त्यहाँ ओलीले आफूले भनेको व्यक्तिलाई प्रधानमन्त्री बनाउने र उनैको नेतृत्वमा निर्वाचनमा जाने अफर गरेको बताएका हुन् ।

गौतमले भने, दुई अध्यक्षबीच भएको बैठकमा म पनि पुगेको थिएँ । त्यहाँ अध्यक्ष ओलीले म पार्टी एकता जोगाउन आएको छु । यसका लागि जे पनि गर्न तयार छु भन्नुभयो । म एउटा पद छाड्न तयार छु । तर मैले भनेको व्यक्तिलाई प्रधानमन्त्री बनाउन तयार छु । जो व्यक्ति हो वहाँलाई जिताएर राष्ट्रिय सभामा लैजाऔँ र वहाँलाई प्रधानमन्त्रीको उम्मेदवार बनाऔँ । आज नै सचिवालय बैठक बोलाऔँ र पत्रकार सम्मेलन गरेर यसको जानकारी दिऔँ ।

गौतमका अनुसार ओलीले यसका लागि आफूविरुद्ध लगाइएका सङ्गीन आरोप फिर्ता लिन दोस्रो माग अघि सारेका थिए । उनले भने, ुपहिलो विषयमा नेताहरू बीच धेरै छलफल भएन । वहाँहरू दुवै यसका लागि सहमत देखिनुभयो । तर प्रचण्डले आरोपहरू फिर्ता लिन सक्दिनँ भन्नुभयो । वहाँले आरोपहरू फिर्ता लिनुभएको भए सायद पार्टी एकता जोगिन्थ्यो होला ।ु

 

प्रकाशित मिति २०७९ असार १२ गते आईतबार ०५:५४
प्रतिक्रियाहरु