काठमाडौंका सडकमा मकै बेच्नेमाथि नगर प्रहरीको लछारपछार (भिडिओसहित)

काठमाडौंका सडकमा मकै बेच्नेमाथि नगर प्रहरीको लछारपछार (भिडिओसहित)

छाँयापाटी

@छाँयापाटी

२०७९ असार १७ गते शुक्रबार ०५:१६

काठमाडौंका सडकमा हरियो मकै बेच्नेमाथि नगर प्रहरीले लछारपछार गरेको छ। शुक्रबार बिहान बालुवाटारको सडकमा प्रहरीले मकै बेच्नेमाथि लछारपछार गरेको भिडिओ अहिले सामाजिक सञ्जालमा चर्चामा छ। पत्रकार सृष्टि काफ्लेले खिचेर ट्विटरमा...

काठमाडौंका सडकमा हरियो मकै बेच्नेमाथि नगर प्रहरीले लछारपछार गरेको छ।

शुक्रबार बिहान बालुवाटारको सडकमा प्रहरीले मकै बेच्नेमाथि लछारपछार गरेको भिडिओ अहिले सामाजिक सञ्जालमा चर्चामा छ।

पत्रकार सृष्टि काफ्लेले खिचेर ट्विटरमा अपलोड गरेको भिडिओमा एक जना बुढा मान्छे र

महिलाले नगर प्रहरीको अगाडि हात समाएर मकै नलैजान अनुरोध गर्दै गरेको देखिन्छ। नगर प्रहरीले उनीहरूमाथि लछारपछार गरेका छन्।

यसअघि काठमाडौं महानगरमा बेलुका ६ बजेपछि मात्र फुटपाथमा व्यापार गर्न नपाउने बताएको थियो।

निर्धारित समय र ठाउँमा बाहेक अन्य समय र ठाउँमा व्यापार गरेको भेटे उक्त सामान जफत गरिने महानगरको चेतावनी थियो।

प्रकाशित मिति २०७९ असार १७ गते शुक्रबार ०५:१६
प्रतिक्रियाहरु