नयाँदिल्ली: भारतीय सेनाको हेलिकप्टर सोमबार साँझ दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ । एक जना घाइते छन् ।भारतीय सेनाको ध्रुव हेलिकप्टर जम्मु कश्मीरमा दुर्घटनामा परेको हो । हेलिकप्टर दुर्घटनालगत्तै पाइलट गम्भीर घाइते भएका थिए ।
स्थानीय अधिकारीहरुका अनुसार सेनाको हेलिकप्टर कठुआस्थित लखनपुर इलाकामा स्थानीय समय अनुसार साँझ ७ बजेर १५ मिनेटमा दुर्घटनामा परेको हो । सोमबारको हेलिकप्टर दुर्घटनाको कारण भने खुलिनसकेको भारतीय मिडियाले जनाएका छन् ।
जम्मु कश्मी क्षेत्रमा भारतीय सेनाले पछिल्लो केही दुई वर्षयता आफ्नो सक्रियता बढाएको छ । जम्मु कश्मीरको स्वायत्तता संविधानबाट हटाउँदै भारतले एक राज्यको रुपमा गाभेपछि केन्द्र सरकारले सेनाको संख्या र सक्रियता बढाएको हो ।
सिक्कीमको उत्तरी भेगस्थित भारत र चीनको विवादित सीमाक्षेत्रमा दुई देशका सेनाहरुबीच भीडन्त भएको बताइएको छ।

दुबै तर्फका केही सैनिक घाइते भएको पनि बुझिएको छ । भारतीय मिडियाले जनाए अनुसार उक्त तनाब तीन दिनअघि भएको थियो । तर चिनियाँ सेनाले यसबारे कुनै प्रतिक्रिया दिएको छैन । भारतीय सेनाले भने चिनियाँ सैनिक पछाडि हटेको र स्थानीय सैन्य कमाण्डरहरुले विवाद सुल्झाएको बताएको छ ।
गत वर्ष जुनमा पनि लद्दाख क्षेत्रमा भएको भीडन्तमा कम्तीमा २० भारतीय सैनिकको मृत्यु भएको थियो। चीनले भने आफ्नोतर्फ कुनै क्षति भएको विवरण सार्वजनिक गरेन ।
‘लाइन अफ एक्चुअल कन्ट्रोल’ क्षेत्रमा यी देशका सैनिकहरु धक्कामुक्की र शारीरिक भीडन्त गरे पनि गोली, बम, बारुद लगायत विस्फोटक पदार्थको प्रयोग गर्न नपाउने सम्झौता छ ।
प्रकाशित मिति २०७७ माघ १३ गते मङ्गलबार १२:३५