२ साउन, काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारत सरकार र भारतीय जनता पार्टी भाजपाले आफ्नो स्वागतमा कुनै कसर बाँकी नराखेको बताएका छन् ।
तीन दिने भारत भ्रमण सकेर आइतबार स्वदेश फर्किएका प्रचण्डले भने, ‘सरकार र भाजपाको जुन जुन सम्मान र
सुरक्षाको जस्तो व्यवस्था गरियो, पहिला प्रधानमन्त्री भएर जाँदा भन्दा फरक लागेन ।
उस्तै उस्तै गरेको पाइयो ।’आफ्नो भ्रमण अपेक्षअनुसार नै भएको उनले बताए ।
प्रचण्डले अघि भने, ‘कतिपय सन्दर्भमा मैले सोचेभन्दा राम्रो भएको महसुस भएको छ ।’
भारतीय प्रधानमन्त्री मोदीको सचिवालयले भेट्ने समय नभएको भन्दै प्रचण्डको प्रस्ताव अस्वीकार गरेका थिए ।
Source-galaxykhabar
प्रकाशित मिति २०७९ साउन २ गते सोमबार ०८:४२