माओवादीकै पहलमा नागरिकता पाउने अवस्था आयो : प्रचण्ड

माओवादीकै पहलमा नागरिकता पाउने अवस्था आयो : प्रचण्ड

छाँयापाटी

@छाँयापाटी

२०७९ साउन ६ गते शुक्रबार ०९:३९

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरूको जोडबलमा नै नागरिकताविहीन नेपाली नागरिकले नागरिकता पाउन लागेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई...

आमाको नामबाट नागरिकता दिने विषयमा शर्तहरु तेस्र्याइनु गलत : पूर्वप्रधानमन्त्री डा. भट्टराई

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरूको जोडबलमा नै नागरिकताविहीन नेपाली नागरिकले नागरिकता पाउन लागेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले पटकपटक नागरिकता विहीनलाई नागरिकता दिलाउने प्रतिबद्धता गरेको स्मरण गरे।

शुक्रबार नै प्रतिनिधिसभाबाट नागरिकता विधेयक पास भएको छ । देशमा माओवादी पार्टी बलियो नभए सङ्घीय लोकतान्त्रिक गणतन्त्र बलियो हुन नसक्ने भन्दै उनले आगामी निर्वाचनमार्फत देशको बागडोर  सम्हाल्ने अवसरबाट कोही कसैले रोक्न नसक्ने बताए ।

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गैरआवासीय नेपालीहरुलाई पूर्ण अधिकारसहितको नागरिकता दिने पक्षमा आफू रहेको बताए । उनले आमाको नामबाट नागरिकता दिने विषयमा शर्तहरु तेस्र्याइनु गलत भएको बताए ।

शुक्रबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै आमाको नाममा निःशर्त नागरिकता दिनुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘अझै अपूर्ण छ । जन्मसिद्धका सन्तानले वंशीय नागरिकता पाउनेकुरा त आएको छ । त्यो मुलतः ठीक छ । एनआरएनएहरुलाई मेरो निजी मान्यता त उनीहरुलाई पूर्ण नागरिकता दिएहुन्छ भन्ने हो । तैपनि राजनीतिक अधिकार बाहेकका अन्य अधिकार सहितका नागरिकता दिने कुरा छ, त्यो पनि सकारात्मक छ । तर कमजोर पक्ष के छ भने आमाको नामबाट नागरिकता प्राप्त गर्ने जुन अधिकार हो त्यो निःशर्त अधिकार हो ।’

उनले फेरि भने, ‘अनावश्यक ढंगले शर्त राखेर आमाले बाउको पहिचान भए, नभएको भनेर जुन शर्त राखिएको छ । त्यो विभेदकारी छ । गलत छ । वैवाहिक अंगिकृतको कुरा पनि समानतामा आधारित छैन ।

कि त नराख्ने हो भने छोरा र छोरी दुवैको दम्पतिलाई नराखौँ । राख्ने हो भने दुईवटैलाई थोरै थोरै भएपनि राखौँ । यसरी विभेदकारी प्रावधान राख्नु हुँदैन । त्यस्तै लंगिक पहिचान सहितको जुन कुरा छ, त्यसमा पनि त्रुटी भएको छ । त्यसैले यसलाई सच्याएर पारित गर्नु राम्रो हुन्छ ।’

पूर्वप्रधानमन्त्री डा. भट्टराईले नागरिकता सम्बन्धी विधेयक अपूर्ण रहेको टिप्पणी पनि गरेका छन् ।

प्रकाशित मिति २०७९ साउन ६ गते शुक्रबार ०९:३९
प्रतिक्रियाहरु