एक समय थियो जहाँ एउटा परिवारको लवज संबिधान भन्दा पनि बलियो थियो ।
उनीहरको निर्देशनका बिरुद्ध आवाज उठाउनेहरुको अन्त्य निश्चित थियो । जो कोहीपनि उनीहरुका बिरुद्ध बोल्न डराउथे । यदि उनीहरु बाच्न चाहान्छन भने मौन बस्नुपथ्र्यो । राणाहरुको बोली नेपालको संबिधान भन्दा बलियो हुन्थ्यो ।
वर्तमान पुस्ताहरुलाइ काल्पनिक कथाको विषयबस्तु जस्तो लाग्ने राणाहरुले चलाएको पारिवारिक शासन थियो राणा शासन । आफ्नै नियम, बिधि, कार्यबिधि र सिद्धान्तहरु हुन्थे । जनताहरुलाई सामन्तीका रुपमा हेरिन्थ्यो ।
उनीहरुलाई उपभोग्य बस्तुसरह ब्यबहार र प्रयोग गरिन्थ्यो । १९०३ देखि प्रारम्भ भएको सो शासन ब्यबस्थामा अनेक दर्दनाक पिडाका बीच नेपालीहरु जीवनकाल गुज्रया र २००७ साल सम्मै
कायम रह्यो । नेपालीहरुले स्वतन्त्रता, समानताका लडाई लडे । रााणाहरुलाई पराजित गर्दै नेपाली जनताले ऐतिहासिक प्रजातन्त्रको स्थापना गरे ।
तर अँह नेपालीहरुलाई दबाउन अहिलेसम्मै शासन चलिरहेको छ । बिभिन्न बहानामा नेपालको राजनीतिज्ञले शोषक बनाइरहेका छन् । त्यो क्रम अझै लामो बन्ने भएको छ ।
नेपालमा कार्यकारीप्रमूखको भूमिकामा राणाको इन्ट्री हुने भएको छ । नेपालका बर्तमान पत्नी आरजु राणा गठबन्धनको सरकारमा प्रधानमन्त्री बन्ने भएकी छिन् । उनलाई प्रधानमन्त्रप् बनाउन काँग्रेस र माओवादी भित्र बिभिन्न कसरत सूरु हुन् थालेको छ ।
आरजु राणाको स्वभाव कुनै पनि दृष्टिकोणबाट तत्कालिन राणाहरुसँग सहजै तुलना गर्न सकिन्छ । उनले पटकपटक दिएका अभिब्यक्तिहरु सोका प्रतिनिधि उदाहरण मात्र हुन् । अब प्रधानमन्त्री बन्न लागेकी आरजु स्थानीय तहको प्रचारप्रसार गर्न भनेर डडेल्धुरा पुगेकी थिइन ।
डडेल्धुरामा उनले एउटा यस्तो अभिब्यक्ति दिइन जसले राणा शासनको झझल्काृे दिइरहेको थियो । उनले भनेकी थिइन डडेल्धुरामा काँग्रेसले जितेन भने बजेट पठाउँदैनौ । सामाजिक सञ्जालमा केही समय उनको चर्को आलोचना भयो तर पश्चिमको जिल्ला डडेल्धुराको सोझासाझा जनताले उनकै पार्टीलाई बहुमत दिए ।
उनको अभिब्यक्ति राणा शासनमा दिइनेृ निर्देशन भन्दा कडा देखिएको प्रश्न त उठ्छ नै । अर्का उनकै पार्टीका नेताका अनुसार गाडीमा उनी पैसा बोकेर डडेल्धुरा जान भ्याइन ।
डडेल्धुरामा धम्की दिएर फर्किएकी आरजुले कैलालीमा झनै कडा अभिब्यक्ति दिइन् । चूनावका बेला मात्रै गाउँ बस्ती चहार्ने आरजुको कैलालीमा पनि करौडौको भब्य घर छ । सायद उनी कैलालीबाटै चुनावमा होमिने तयारीमा छिन् ।
उनले कैलालीमा दिएको अभिब्यक्ति झनै डरलाग्दो थियो । प्रधानमन्त्रीकी पत्नीको अभिब्यक्ति राजनीतिमा ठूलै प्रभाव पार्छ । झन उनको त देउबाभन्दा बढी शासन चल्ने बताइन्छ । उनै आरजु राणाले हामीलाई भोट दिनुस मलेसिया पठाइदिन्छौ भन्ने मेनपावर एजेन्टको भाषा बोलिन । हुनतः एनजिओको किगं मानिने आरजुका मेनपाव्र पनि छनकी भन्ने शकां उनका अभिब्यक्तिबाट उब्जन्छ नै ।
आलोपालो सहमतिको प्रक्रियाको निरन्तरतासँगै आरजु प्रधानमन्त्री बन्ने छिन् । गठबन्धन कायम रहेमा गठबन्धनको बहुमत आउने सम्भावना बलियो रहन्छ । गठबन्धनको बहुमतको बलियो सम्भावना सँगै आरजु प्रधानमन्त्री बन्ने निश्चित नै छ ।
उनले दिएको केही समयका अभिब्यक्तिले नेपाली जनतामा डर पैदा गर्न थालेको छ । भावी प्रधानमन्त्री बन्न लागेकी आरजुका ती अभिब्यक्तिहरु लोकतन्त्र र जनता र संविधानका बिरुद्ध थिए ।
आरजुले गरेका केही कामहरु अविस्मरणीय होलान तर बालुवाटारमा बसेर लोकतन्त्र र संबिधानका बिरुद्ध अभिब्यक्ति दिनु नेपाली जनताका लागी कदापि स्वीकार्य हुदैन् ।
प्रकाशित मिति २०७९ साउन ७ गते शनिवार १०:०४