तीन महिनाभित्र सबै नेपालीलाई कोरोनाविरूद्ध खोप लगाउँछौँ : प्रधानमन्त्री ओली

तीन महिनाभित्र सबै नेपालीलाई कोरोनाविरूद्ध खोप लगाउँछौँ : प्रधानमन्त्री ओली

छाँयापाटी

@छाँयापाटी

२०७७ माघ १४ गते बुधबार ११:१२

काठमाडौँ-:  प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सबै नेपालीलाई कोरोना भाइरसविरूद्धको खोप लगाइने बताएका छन् ।कोरोना भाइरसविरूद्धको खोप अभियान शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले अबको तीन महिनामा सबै नेपालीलाई कोरोना...

काठमाडौँ-:  प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सबै नेपालीलाई कोरोना भाइरसविरूद्धको खोप लगाइने बताएका छन् ।कोरोना भाइरसविरूद्धको खोप अभियान शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले अबको तीन महिनामा सबै नेपालीलाई कोरोना भाइरसविरूद्धको खोप लगाइने बताएका हुन् ।

उनले भने,हामी प्राथमिकताका आधारमा निशुल्क उपलब्ध गराउनेछौँ, नागरिकको जीवन रक्षा हाम्रो प्राथमिकता हो यसका लागि आवश्यक बजेट प्रबन्ध भएको छ ।

भारतले आफ्नो मुलुकमा खोप सुरूवात गरेको एक हप्तामै नेपाललाई दिएकोमा उनले धन्यवाद व्यक्त गरेका छन् । उनले कोरोना महामारीमा खटिएका सबैको प्रशंसासमेत गरेका छन् ।आज लगाइएको खोपको दोस्रो डोज २८ दिनपछि लगाइने भएकाले सो क्रममा लापरबाही नगर्न पनि उनले आग्रह गरेका छन् ।

नेपालमा बुधबारबाट देशव्यापी रूपमा कोरोना भाइरस विरुद्धको खोप अभियान सुरु हुदै छ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना खोप अभियानको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । तर, प्रधानमन्त्रीले भने खोप लगाउने छैनन् ।

खोप पहिलो चरणमा चिकित्सक, नर्स तथा फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, शव व्यवस्थापन गर्ने व्यक्ति, एम्बुलेन्स चालक, सरसफाइ गर्ने व्यक्तिलाई लगाइनेछ ।

केही दिनअघि भारत सरकारको अनुदानमा १० लाख डोज खोप नेपाल ल्याइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पहिलो चरणमा चार लाख ३० हजारलाई खोप लगाइने छभने पछि पुनः खोप आएपछि समुदायस्तरमा लगाइने छ ।

नेपालले भारतको सेरम इन्स्टिच्युट प्रालिले उत्पादन गरेको कोभिसिल्ड भ्याक्सिन खोप लगाउन लागेको हो । उक्त खोप भारतमा आपत्कालीन प्रयोगका लागि स्वीकृत भई खोप लगाउन थालिएको छ ।

नेपालमा पनि आपत्कालीन प्रयोगका लागि औषधि व्यवस्था विभागबाट स्वीकृति भएर लगाउन सुरु गरिँदैछ ।विभागले आपत्कालीन प्रयोगका लागि गत माघ २ गते स्वीकृति दिएको थियो । खोप १० डोज बराबर ५ मिलि प्रतिभायलमा उपलब्ध छ ।

प्रकाशित मिति २०७७ माघ १४ गते बुधबार ११:१२
प्रतिक्रियाहरु